२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सरकारले गरिबी घटाउँछ, शून्यमा झार्ने गरी काम गर्छ: ओली

२०८०, ७ चैत्र बुधबार ११:४५

चैत ७, काठमाडौँ | सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिबी घटाउने गरी काम गने बताएका छन्।

अघिल्लो सरकारले गरिबी तीन प्रतिशतले बढाएको उल्लेख गर्दै उनले त्यसलाई घटाउँदै लगेर शून्यमा झार्ने सरकारको योजना रहेको उल्लेख गरे।

पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गरिबीलाई शून्यमा झार्ने गरी काम नगर्ने हो भने आफ्नो पार्टी सरकारमा हुनुको कुनै अर्थ नहुने पनि जिकिर गरे।

चीनले गरिबी शून्यमा झारेको दृष्टान्त पेश गर्दै आफूहरूले पनि त्यसै अनुसार काम गर्ने उनको भनाइ थियो।

‘विगतमा एमाले नेतृत्वको सरकारले जनताले जीवनमा परिवर्तन ल्याउने गरी सडक बालबालिकाका व्यवस्थापन गरेको छ। ‘जनताको दुःख, कष्ट हरण गरेर जाने काम विगतमा पनि एमालेले गरेको छ। र त्यसैलाई निरन्तरता दिने गरी आगामी दिनमा पनि काम गर्नेछ।

अध्यक्ष ओलीले एमालेले विगतमा जनताको पक्षमा काम गरेकाले उनीहरुलाई साथमा लिएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह