२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सँगै वियर खाएपछि दुई साथी मिलेर युवकको हत्या

२०८०, ८ चैत्र बिहीबार ०५:४५

चैत ८, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका २ मा वियर खाएको पैसा र मोवाइलको विषयमा साथीबाटै एक युवकको हत्या भएको छ ।

स्थानीय अन्दाजी १८ वर्षीय कैस नदिफलाई दुई साथी मिलेर हत्या गरेका हुन् । हत्याको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरिसकेको छ ।

चक्कु प्रहारबाट घाइते कैसको उपचारका लागि भारततर्फ लग्ने क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ‌। हत्या आरोपमा सोही ठाउँका २० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडी बढाएको बताए ।

‘मुस्लिम समुदायको पर्व रोजा चल्दैछ’ डिएसपी अवाले भने, ‘रोजा सकेपछि तीनैजना वियर खान गएका थिए । फर्किने क्रममा वियर खाएको रुपैयाँ र मोबाइलको विषयमा विवाद भयो । त्यसपछि सहमत र जाकिसले कैसलाई चक्कु प्रहार गरे ।’

उनका अनुसार चक्कु प्रहारबाट घाइते कैस भागेर घर पुगेका थिए । आफन्तले उनलाई उपचारका लागि भारततर्फ लग्दै थियो । बाटैमै मृत्यु भएपछि राति नै घर फर्काएर ल्याएको थियो ।

कैसको मृत्यु भएपछि घर फर्काएर खबर गरेपछि प्रहरी घटनास्थल पुगेर आरोपी दुबै युवकलाई पक्राउ गरेको डिएसपी अवाले बताए । उनले घटना विषयमा थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह