२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मलामी गएर फर्कने क्रममा ट्याक्टरले किचेर मृत्यु

२०८०, ८ चैत्र बिहीबार ०७:०४

चैत ८, खोटाङ | मलामी गएर फर्कंदै गरेका ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ५१ वर्षीय रणबहादुर पोखरेलको मृत्यु भएको छ । दूधकोशीबाट बालुवा लिएर ऐसेलुखर्कबजार जाँदै गरेको न ४ त ७८०६ नम्बरको ट्याक्टरमा चढेका पोखरेललाई ओर्लने क्रममा बुधबार साँझ त्यही ट्याक्टरले किचेको हो ।

घरनजिकै आएपछि ओर्लन खोज्दा ट्याक्टरले किचेको र प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारको क्रममा बुधबार सााझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

पोखरेलको शव प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमै पोस्टमार्टमको तयारी भइरहेको कार्कीले सुनाए । ‘अहिले भर्खर कानुनी प्रक्रियाका लागि ऐसेलखुर्क आइरहेको छु ।’ कार्कीले भने–‘प्रक्रिया सकेर यहाँकै प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम हुन्छ ।’

सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका–९ का चालक २० वर्षीय ओमराज तामाङ, रावाबेसी गाउापालिका–१ कुभिण्डेका २० वर्षीय प्रकाश विसङ्खे र ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका १६ वर्षीय पेशल राईलाई प्रहरीले नियन्त्रणमा लिएको कार्कीले जनाए । उनीहरूलाई अनुसन्धान गरी दोषीलाई कारबाही प्रक्रिया बढाइनेसमेत कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह