२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोजगारीको सिलसिलामा भारत पुगेका सल्यानका ४३ वर्षीय हिरालालको करेन्ट लागेर मृत्यु

२०८०, ९ चैत्र शुक्रबार ०७:११

चैत ९, सल्यान | भारतको अहमदाबादमा करेन्ट लागेर सल्यानका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-४ गर्चे रिठेचौरका वर्ष ४३ का हिरालाल बुढाथोकीको मृत्यु भएको हो ।


बुढाथोकी रोजगारीको सिलसिलामा केहि साताअघि मात्रै भारतको अहमदाबाद गएका थिए । बुढाथोकीसँगै काम गर्दै आएका छिमेकी हस्तबहादुर रानाका अनुसार अहमदाबादस्थित सान्नदा भन्ने ठाँउमा घरको सिढी चढ्ने क्रममा खुटटा चिप्लिएर लडेका बुढाथोकी बिजुलीको तारमा पर्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । नजिकैको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

करेन्ट लागेर मृत्यु भएका बुढाथोकीको शव नेपाल यातायात व्ययासायी संघको आर्थिक सहयोगमा घर फर्काउने तैयारी भएको आफन्त खुमबहादुर खडकाले जानकारी गराए । मृतक बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह