२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कलाकारले यसरी मनाए होली (तस्वीर)

२०८०, ११ चैत्र आईतवार ०८:५५

चैत ११, काठमाडौँ | फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने सद्भावनाको पर्व होली आज देशको पहाडी भेगमा हर्षोल्लासपूर्वक मनाइँदैछ । यो पर्व तराईमा भने सोमबार मनाइँदैछ ।

फागु पूर्णिमामा एकापसमा रङ, अबीर दलेर रमाइलो मात्र गरिंदैन नाचगान पनि गरिन्छ । हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको जनविश्वास छ ।

कलाकारहरुले पनि आइतबार रङ साटासाट गर्दै फागुपर्व मनाएका छन् । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले परिवारसँग होली मनाए । उनले रङ साटासाट गर्दै परिवारसँग रमाइलो गरेको देख्न सकिन्छ ।अभिनेत्री केकी अधिकारीले काठमाडौंको मल्ल होटलमा होली समारोहको आयोजना गरिन् । प्रदर्शन तयारीमा रहेको आफू निर्मित फिल्म ‘बोक्सीको घर’को प्रवर्द्धन उद्देश्यले आयोजित कार्यक्रममा उनले रङ साटासाट गरेर होली मनाइन् । गायक प्रमोद खरेल र अभिनेता विराज भट्टले पनि परिवारसँग होली मनाएका छन् । अभिनेता राजेश हमाल र अभिनेत्री मनिषा कोइरालाले अष्ट्रेलियाको सिड्नीमा होली मनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह