२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

करेन्ट लागेर एकै परिवारका तीनको मृत्यु, राहत माग्दै राजमार्ग अवरूद्ध

२०८०, ११ चैत्र आईतवार १०:०९

चैत ११, दाङ | दाङमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएपछि पीडित पक्षले राहतको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। 

विद्युत प्राधिकरणको लापरबाहीले तीन जनाले ज्यान गुमाएको भन्दै पीडित परिवारले आइतबार मध्यान्हदेखि राजमार्ग अवरूद्ध गरेका हुन्।

राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा आफन्त तथा स्थानीयहरूले राजमार्ग छेकेर राहत माग गरेका हुन्।


इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार राजमार्गमा यातायात सुरू गराउन छलफल भइरहेका छन्। 

‘राहत बापत राज्यबाट उपलब्ध हुने जनही पाँच लाख स्वत: उपलब्ध हुन्छ। पीडित पक्षले अतिरिक्त रकमको माग गरेको हुँदा छलफल भइरहेको हो,’ उनले भने।

जिल्ला विपदबाट पनि अतिरिक्त आर्थिक साहयता उपलब्ध गराउनेबारे छलफल भइरहेको छ। छलफल सकारात्मक रहेको प्रहरी निरीक्षक सिंहले बताए।

छलफलमा विद्युत प्राधिकरणका पदाधिकारी, प्रहरी अधिकारी र अन्य निकायका प्रतिनिधिहरू सहभागी छन्। 

शनिबार दिउँसो ११ केभीको हाइटेन्सन लाइनको तार एकाएक चुडिएर शरीरमाथि खस्दा राप्ती गाउँपालिका वडा नम्बर ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमती दिलसरा केसी र ३ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको थियो।

दिलसरा र कृष्णको घटनास्थलमा मृत्यु भएको थियो। गोरखबहादुरको उपचारको क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह