२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘किरा’का कारण पोखरा विमानस्थल बन्द, तीन विमान काठमाडौं डाइभर्ट

२०८०, ११ चैत्र आईतवार १२:१४

चैत ११, पोखरा | बदलिँदो मौसमसँगै विमानस्थलको धावनमार्गमा किरा निस्किएपछि आइतबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टा बन्द भएको छ ।

किरा खान आएका चराको बथानका कारण बिहान ८ बजेदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा साढे १ बजेपछि जहाज अवतरण गर्न थालेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जसोदा सुवेदीले बताइन् ।


सुवेदीका अनुसार पखेटा उम्रिएका किराहरू रनवेदेखि घाँसे मैदानमा देखिएपछि ती किरा खान आएका चीलले गर्दा विमानस्थलको उडान प्रभावित भएको थियो। एक्कासि देखिएका किरा धपाउन विमानस्थल प्रशासनले रनवे समेत पखालेको थियो। विमानस्थलको अग्नी नियन्त्रकबाट पानी हालेर धावनमार्ग पखालेपनि किरा र चराको समस्या समाधान गर्न हम्मेहम्मे परेको उनले बताइन्।

‘रनवे पखाल्दा किरा वरपरको घाँसे मैदानमा जान्छन्। चिलहरू पनि तीनलाई खान घाँसे मैदानमा जान्छन्। फेरी ती किराहरू रनवेमा आएपछि चिलको बथान पनि रनवेमा आउने गर्दा हैरान भयो,’ उनले भनिन्। 

प्रवक्ता सुवेदीका अनुसार आइतबार बिहान ८:०५ बजेदेखि ११:३० सम्म उडान र अवतरण बन्द गरिएको थियो । धावनमार्गमा रहेका किराफट्याङ्ग्रा विमानस्थलको दमकलबाट पानी फ्याँकेर सफा गरिएको थियो । साथै त्यसपछि चराहरू पनि धपाइएको थियो । तर किराको समस्या समाधान भएन। विमानस्थल खुल्ने र बन्द हुने गर्दा जहाज अवतरण सहज थिएन। दिउँसो साढे १ बजे मात्रै जहाज अवतरण गरेको हवाई कम्पनीले बताएका छन्।

८ बजेअघि भने यतिका २ र बुद्धको एउटा विमान पोखरामा अवतरण भएको थियो । सुवेदीका अनुसार यही समस्याले गर्दा काठमाडौंबाट पोखराका लागि उडेका तीनवटा विमान फेरी काठमाडौं नै डाइभर्ट भएका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह