१६ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आज तराइ-मधेसमा फागुन पुर्णिमा, सार्बजनिक बिदा

१२ चैत्र २०८०, सोमबार ०२:४५

चैत १२, काठमाडौं | आज तराइ मधेसकाे भुगाेलमा फागुन पुर्णिमा मनाइदैँछ । हिजाे पहाडी जिल्लामा र अाज तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।

यस पर्वका अवसरमा हिजाे काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंडिखेलमा लगी जलाइएकाे थियाे भने । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । 

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । हिजाे राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहाल देखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । 

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।  

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । 

यसैगरी द्वापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएकी थिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ । 

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । 

फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न यू–१९ एसिया कप क्रिकेट : नेपाल बंगलादेशसँग ५ विकेटले पराजित, प्रतियोगिताबाट बाहिरियो नेपाल नेपाल प्रिमियर लिग खेल्न काठमाडौं आइपुगे जिम्मी निसम लिलाबल्लभ विरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा २८ सय ६७ मत खस्यो एमाले पार्टी कार्यालय जग्गा विवाद: हेर्न नभ्याउने हुँदै सुनुवाइ फेरि स्थगित कीर्तिपुरको मतगणना आजै रातिदेखि सुरु हुने रविको बयान आज पनि सकिएन, भोलि सकेर पोखरा पठाइने खेलकुद मन्त्रालय चलाउन गार्हो भयो ः मन्त्री चौधरी हेटौंडा–१२ सिक्रेनी केन्द्रमा २६ सय २९ मत खस्यो गिभिनाको परिवारमा शोकैशोक: एक हप्तामा दुई वियोग नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ जनाको मृत्यु बालिकाहरुलाई तरुनी हुन नदिउ : अनुराधा कोइराला नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा बङ्गलादेशविरुद्ध नेपालले २१ ओभरमा बनायो ६१ रन सरकारी वकिल कार्यालय रविको बयान जारी, आजै पोखरा फर्काइने तयारी यू–१९ एसिया कप: नेपालको दुई विकेट पतन, मयान ४ रनमा आउट हुँदा अर्जुन डकआउट उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो