2026-07-25 05:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सय बर्ष पछि चन्द्रग्रहण तर नेपालमा भने देखिने छैन, तीन राशीलाइ फाइदा

चैत १२, काठमाडौं | यस वर्षको पहिलो चन्द्रग्रहण फाल्गुन पूर्णिमा अर्थात १२ चैत्रमा लाग्दैछ । तर, याे चन्द्रग्रहण नेपाल र भारतलगायतकाे क्षेत्रमा भने देखिदैँन, चन्द्रग्रहण समय यस वर्ष सय वर्ष पछि होलीमा चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण फागुन १२ अर्थात २५ मार्च बिहान १०:२३ मा सुरु हुनेछ र यो ०३:०२ बजे समाप्त हुनेछ। यो चन्द्रग्रहण नेपाल तथा भारतमा नदेख्ने भएकाले यसको सुतक अवधि पनि मान्य हुने छैन ।

आयरल्याण्ड, इङ्गल्याण्ड, स्पेन, पोर्चुगल, इटाली, जर्मनी, फ्रान्स, हल्याण्ड, बेल्जियम, दक्षिणी नर्वे, स्विट्जरल्याण्ड, उत्तर र दक्षिण अमेरिका, जापान, रुसको पूर्वी भाग, पश्चिमी अस्ट्रेलिया बाहेक अष्ट्रेलियाको बाँकी भाग र अफ्रिकाको अधिकांश भूभागबाट भने देखिनेछ।

चन्द्र ग्रहणको दिन नकारात्मक शक्ति बढी सक्रिय हुन्छ । त्यसैले ज्योतिषशास्त्र अनुसार चन्द्रग्रहणको दिन अधिकतम पूजा र पुण्य कर्म गर्नुपर्छ । यसै दिन तराइ मधेसमा होली पनि मनाइन्छ ।

शास्त्रमा चन्द्रग्रहणको दिनलाई अशुभ मानिएको छ । यस दिन नकारात्मक शक्ति बढी सक्रिय हुने जनविश्वास रहेको छ । त्यसैले ज्योतिषशास्त्र अनुसार चन्द्रग्रहणको दिन अधिकतम पूजा र पुण्य कर्म गर्नुपर्छ । यो ग्रहणले केही राशिमा भने राम्रो प्रभाव पार्ने बताइएको छ, आउनुहोस् जानौं  ।

मिथुनः चन्द्र ग्रहणको अवधिमा मिथुन राशिका व्यक्तिहरूले आर्थिक बल प्राप्त गर्नेछन्। यस राशिका व्यक्तिहरूले जुनसुकै क्षेत्रमा लगानी गर्दा मनग्य लाभ मिल्नेछ। साथसाथै उनीहरुको जीवनमा पनि खुसी रहनेछ । साथै, विद्यार्थीहरूले अध्ययनमा लाभ प्राप्त गर्नेछन्।

सिंह राशिः सिंह राशिका लागि ग्रहण शुभ रहनेछ । यो राशिका व्यक्तिहरूले नयाँ घर र कारमा लगानी गर्न सक्छन्। साथै, तिनीहरूको आर्थिक अवस्था बलियो हुनेछ। दाम्पत्य जीवनमा मधुरता रहनेछ। यसबाहेक लामो समयदेखि अधुरा रहेका कामहरू पनि पूरा हुनेछन् । यस्तो अवस्थामा यस राशिका व्यक्तिले भगवान विष्णुको साथमा लक्ष्मीको पूजा गर्नुपर्छ ।

धनुः धनु राशिका लागि आजको दिन लाभदायी रहनेछ । यस दिन देवी लक्ष्मीको विशेष कृपा हुने र आफूले लगानी गरेको क्षेत्रमा सफलता मिल्ने जनविश्वास रहेको छ । साथै आर्थिक कठिनाइ पनि हट्नेछ । यस्तो अवस्थामा यस दिन धनकी देवीको आशीर्वाद अवश्य लिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक