चैत १५, जनकपुरधाम । बारीमा घाँस काट्ने विषयमा विवाद हुँदा रौतहटमा एक पुरुषले हसिया प्रहार गरी श्रीमतीकै हत्या गरेका छन् ।

वृन्दावन नगरपालिका १ का ४० वर्षीय तीर्थ वाइबाले बुधवार ३५ वर्षीया श्रीमती सोती माया वाइबाको हत्या गरेका हुन् । धारिलो हँसिया प्रहार गरी तीर्थले श्रीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १५, जनकपुरधाम । बारीमा घाँस काट्ने विषयमा विवाद हुँदा रौतहटमा एक पुरुषले हसिया प्रहार गरी श्रीमतीकै हत्या गरेका छन् ।

वृन्दावन नगरपालिका १ का ४० वर्षीय तीर्थ वाइबाले बुधवार ३५ वर्षीया श्रीमती सोती माया वाइबाको हत्या गरेका हुन् । धारिलो हँसिया प्रहार गरी तीर्थले श्रीम"/>

२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घाँस काट्ने विषयमा विवादपछि श्रीमानद्वारा हसिया प्रहार गरी श्रीमतीको हत्या

२०८०, १५ चैत्र बिहीबार ०६:०६

चैत १५, जनकपुरधाम । बारीमा घाँस काट्ने विषयमा विवाद हुँदा रौतहटमा एक पुरुषले हसिया प्रहार गरी श्रीमतीकै हत्या गरेका छन् ।

वृन्दावन नगरपालिका १ का ४० वर्षीय तीर्थ वाइबाले बुधवार ३५ वर्षीया श्रीमती सोती माया वाइबाको हत्या गरेका हुन् । धारिलो हँसिया प्रहार गरी तीर्थले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओम प्रकाश खनालका अनुसार घाँस काट्ने क्रममा श्रीमान-श्रीमतीबीच विवाद भएको थियो । गालीगलोजपछि तीर्थले श्रीमतीको घाँटीमा हँसिया प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएकाे थियाे ।

श्रीमतीको हत्यापछि तीर्थले पनि आत्महत्याको प्रयास गरेको डीएसपी खनालले जानकारी दिए । आफ्नै घाँटीमा पनि हँसियाले रेटेको अबस्थामा तीर्थलाई नियन्त्रणमा लिइ उपचार गराएको उनको भनाई छ ।

घटना भएको बेला तीर्थले मदिरा सेवन गरेका थिए । घटना विषयमा थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको डीएसपी खनालले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह