२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गृहमन्त्रीले सहकारी पीडितलाई ललिपप खुवाएर घर पठाए : सांसद मिजार

२०८०, १८ चैत्र आईतवार ०७:३७

चैत १८, काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीता मिजारले सहकारी पीडितलाई न्याय दिलाउन सरकारले काम गर्न नसकेको बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सहकारी पीडितलाई गृहमन्त्री लामिछानेले आश्वासको ललिपप मात्र खुवाएर घर पठाएको बताइन् ।

‘गृहमन्त्रीज्यूले सहकारीबाट ठगीमा ३५ हजार भन्दा बढी सहकारी पीडितलाई न्याय दिलाउने आश्वासनको ललिपप खुवाएर घर पठाउनु भयो । तर सहकारी पीडितलाई न्याय दिलाउने कुरामा यो सरकारले सिन्को बाँचेको छैन,’ सांसद मिजारले भनिन् । 


उनले सहकारी ठगीमा जोडिएका जीबी राईलाई कहिले पक्राउ गर्ने भन्दै गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएकी थिइन् ।  ‘सहकारी ठगी गरेर भागेका जीवी राईलाई तत्काल पक्राउ गर्ने आश्वास दिनु भएको थियो । खै कहिले पक्रेर कारबाहीको दायरामा ल्याउनुहुन्छ रु जीवी राई कहाँ छन् ?,’ उनले भनिन् ।

गृहमन्त्री लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपमा सरकारी निकायले प्रस्टीकरण दिएर मुक्ति नमिल्ने सांसद मिजारको भनाइ छ । ‘गृहमन्त्रीमाथि लागेको आरोप सरकारी निकायले दिएको स्पस्टीकरणको भरमा उहाँले आरोपबाट उन्मुक्ति पाउने हो ? छानविनको दायरामा आउनु पर्दैन ?,’ उनको प्रश्न छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह