२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न रोक

२०८०, १९ चैत्र सोमबार ०५:५९

चैत १९, काठमाडौं | आजदेखि तीन महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट जहाज अवतरणमा रोक लगाइएको छ । तर, उडान भने निरन्तर हुनेछ । 

अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुने छ । जसले गर्दा अब केही दिन दक्षिण तर्फको रनवेमा केही चाप हुनेछ ।  


काठमाडौं विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलको पूर्वाधार सुधारको क्रममा उत्तरतर्फ ट्याक्सी-वे निर्माण तथा विस्तारको काम भइरहेकाले आजदेखि बौद्धतर्फको टु-जिरो रनवेबाट जहाज अवतरण गर्न रोक लगाइएको जानकारी दिए । यसबाट पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुनेछन् । यस्तो रोक अनुमानित तीन महिनाका लागि भएको तिवारीले बताए ।

उनका अनुसार उत्तरतर्फको काम सकिएपछि दक्षिणतर्फ यसैगरी निर्माणको काम हुनेछ । विमानस्थलको क्षमता अभिवृद्धिका लागि यो निर्माण गर्न लागिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एडिबीको सहयोगमा सन् २०१०-२०२८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधारका लागि गुरुयोजना तयार गरेर विभिन्न काम गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह