२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अरुणाचलको विषयमा भारतले चीनलाई दियो जवाफ

२०८०, २० चैत्र मंगलवार ०९:११

चैत २०, काठमाडौँ । चीनले अरुणाचल प्रदेशका ३० स्थानलाई नयाँ नाम दिएको विषयमा भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।

यस विषयमा पत्रकारको प्रश्नको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘चीनले भारतको अरुणाचल प्रदेशका ठाउँहरूलाई नयाँ नाम दिने बेतुका प्रयास जारी राखेको छ । हामी यस्तो कुनै पनि प्रयासको कडा विरोध गर्दछौं । अरुणाचल प्रदेशको वास्तविकता यस्ता नयाँ नामहरूले परिवर्तन हुने छैन ।

चीनले भारतको अरुणाचल प्रदेशका अन्य केही ठाउँलाई नयाँ नाम दिएको छ । यसको चौथो सूचीमा ३० स्थानका नयाँ नाम समावेश छन् ।'


अरुणाचल प्रदेशमा आफ्नो दाबी बलियो बनाउन चीनले यहाँका ठाउँको नयाँ नाम जारी गर्दै आएको छ । यद्यपि भारतले उनीहरुलाई अस्वीकार गर्दै आएको छ ।

चीनको नयाँ नामले सत्य परिवर्तन नहुने र अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको उनको भनाइ छ ।

चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ को रिपोर्टका अनुसार चीनको नागरिक मामिला मन्त्रालयले जाङ्गन (चीनको अरुणाचल प्रदेशको नयाँ नाम) मा ३० स्थानको नयाँ नाम जारी गरेको छ ।

रिपोर्टमा २०१७ मा चीनले अरुणाचल प्रदेशको नयाँ नामहरूको पहिलो सूची जारी गरेको थियो । त्यसमा छ नयाँ नाम समावेश गरिएको छ । त्यस्तै २०२१ मा १५ ठाउँमा नयाँ नाम दिइएको थियो । त्यसपछि २०२३ मा ११ नयाँ नामहरूको सूची जारी गरिएको थियो ।

हालै चीनले प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेश भ्रमणमा आपत्ति जनाएको थियो । त्यहाँ प्रधानमन्त्रीले सेनासँग सम्बन्धित केही आयोजनाको उद्घाटन गरेका थिए । चीनले यस विषयमा आपत्ति जनाएपछि भारतले यसको जवाफ दिएको हो । विदेश मन्त्रालयले अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह