२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खामलाई चितवन जिल्ला अदालत बुझाउने तयारी, काठमाडौंमा पनि छन् हतियार र यार्सागुम्बा लुटपाट मुद्दा

२०८०, २० चैत्र मंगलवार ११:२७

चैत २०, काठमाडौँ । पक्राउ परेका माओवादीका तत्कालीन तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामलाई चितवन जिल्ला अदालतको जिम्मा लगाउने तयारी गरिएको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार खामलाई बुधबारसम्म चितवन जिल्ला अदालत बुझाइने छ ।


व्यापारी रामहरी श्रेष्ठको अपहरण र हत्या अभियोगमा खाम फरार थिए । सोही कारण उनको मुद्दा अदालतले मुल्तवीमा राखेको थियो ।

उनलाई अदालत बुझाइएपछि मुद्दाको कारबाही प्रक्रिया अगाडि बढ्ने छ । स्रोतका अनुसार खामविरुद्ध काठमाडौंमा पनि हातहतियार तथा खरखजना र यार्सागुम्बा लुटपाट सम्बन्धी मुद्दा रहेको छ ।

उनी फरार रहेका कारण यार्सा लुटपाटको मुद्दा पनि मुल्तवीमा राखिएको थियो । ‘ठूलो मुद्दा भएकाले उहाँलाई पहिला चितवन जिल्ला अदालत पठाइने छ । त्यसपछि यहाँको पनि मुद्दाको कारबाही प्रक्रिया अगाडि बढ्ने छ’, काठमाडौं प्रहरी परिसर स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह