२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्वासको मतको विपक्षमा मतदान गर्न नाउपा अध्यक्ष श्रेष्ठको ह्वीप

२०८०, २१ चैत्र बुधबार ०९:०२

चैत २१, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेकी छन्।

अध्यक्ष श्रेष्ठले पार्टी अध्यक्षलाई ह्विप जारी गर्ने अधिकार भएको बताउदै विश्वासको मतको विपक्षमा मत दिन आग्रह गरेकी छन् ।

उनले भनेकी छन्- ‘नागरिक उन्मुक्ति पार्टी, सुदुरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुदाँ दैनिक सभा सञ्चालन लगायतका कार्यक्रमका लागि माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरे पनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले कमलबहादुर शाहले लिन गइरहेको विश्वाशको मतको विपक्षमा मतदान गर्नु हुन निर्देशनसहितको ह्विप जारी गरिएको व्यहोरा अनुरोध गर्दछु ।'

मुख्यमन्त्री शाहले विहिबार विश्वासको मत लिँदैछन् । सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा नाउपाका ७ जना सांसद छन् तीमध्ये ५ जना मन्त्री छन् । 

५२ सदस्यीय सुदूरपश्चिमको प्रदेश सभामा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह