२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इलाम-२ मा माओवादीले उम्मेदवारी नदिने

२०८०, २२ चैत्र बिहीबार ०६:२६

चैत २२, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) ले इलाम-२ मा उम्मेदवारी नदिने भएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने गरी माओवादीले उम्मेदवारी नदिने कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले सङ्केत गरे ।

यद्यपि माओवादी केन्द्रका महासचिव देव गुरुङले यस विषयमा एमाले र माओवादीबिच कुनै सहमति नभएको बताए । उनले वामपन्थीहरूबिच सहमति भए त्यहीअनुसार निर्णय हुने जानकारी दिए । 

‘लेफ्टहरूबिच सहमति भएमा त्यहीअनुसार हुन्छ । अहिलेसम्म सहमतिबारे लिखित सम्झौता भएको छैन’, उनले भने । 

 वैशाख १५ गते हुने उपनिर्वाचनमा माओवादीले धीरेन्द्र शर्मालाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर शर्माले उम्मेदवारी नदिने  निर्णय भएको जानकारी आफूलाई प्रदेश इन्चार्जबाट आएको बताए । 

‘प्रदेश इन्चार्जले उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिनुभएको छ । त्यही अनुसार एमालेका उम्मेदवारलाई जिताउन लाग्छौँ’, उनले भने । 

 इलाम- २ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार छन्, रास्वपाले मिलन लिम्बूलाई अघि सारेको छ भने पहिचान पक्षधरको तर्फबाट डाकेन्द्रसिंह थेगिम मैदानमा छन् । राप्रपाबाट लक्ष्मी गुरुङ र नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राई उम्मेदवार छन् ।

यहाँ अब नेपाली कांग्रेसको उम्मेदवार टुंगिन बाँकी छ । कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का मुख्य प्रत्यासी छन् । शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेको छ । तर, सभापति शेरबहादुर देउवा सहमत छैनन् । उम्मेदवार छान्न बसेको यसअघिका २ वटा बैठक अनिर्णित बनेको छ । आज पुन: कांग्रेसले बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह