२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सम्बन्ध विच्छेदका लागि धनुष र ऐश्वर्याले दिए अदालतमा निवेदन

२०८०, २७ चैत्र मंगलवार ०६:४६

चैत २७, काठमाडौँ । दक्षिण भारतीय फिल्मको लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्त कानुनी रुपमै अलग हुने भएका छन् । यी दुईले सोमबार चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिए ।

इण्डिया टुडेका अनुसार कानुनको धारा १३–बी अनुसार आपसी सहमतिबाटै उनीहरुले डिभोर्स गर्ने भन्दै निवेदन दायर गरेका हुन् । सन् २०२२ को जनवरीमा यी दुईले अलग हुने घोषणा गरिसकेका थिए । घोषणापछि फ्यान दुःखी थिए ।


विवाहको १८ वर्षपछि धनुष र ऐश्वर्याको दाम्पत्य जीवन टुंगिन लागेको हो । अलग हुने घोषणाको डेढ वर्षपछि दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका हुन् । यो मुद्दाको सुनुवाइ चाँडै हुने उल्लेख छ ।

पछिल्लो दुई वर्षदेखि दुवैजना अलग बस्दै आएका छन् । घोषणापछि आफ्ना छोरा यात्रा र लिङ्गाको विद्यालय समारोहमा यी दुई कलाकार एकसाथ देखिएका थिए । १७ जनवरी २०२२ मा धनुषले एक्समार्फत आफूहरु अलग हुन लागेको बताएका थिए ।

अदालतमा पेश गरिएको याचिकामा धनुष र ऐश्वर्याले आफूहरु अलग हुने निर्णय गरेको उल्लेख छ । धनुष र ऐश्वर्याको विवाह सन् २००४ मा भएको थियो । त्यसबेला उनीहरु २१ र २३ वर्षका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय