कात्तिक ८, काठमाडौं । नवलपरासीको गैंडाकोट २ का जयकृष्ण सापकोटाले कुखुरा काटेर बेच्दा बाहुनको छोरोले पनि कुखुरा काटेको भनेर खिसी गर्नेहरु धेरै थिए । त्यति मात्रै होइन य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ८, काठमाडौं । नवलपरासीको गैंडाकोट २ का जयकृष्ण सापकोटाले कुखुरा काटेर बेच्दा बाहुनको छोरोले पनि कुखुरा काटेको भनेर खिसी गर्नेहरु धेरै थिए । त्यति मात्रै होइन य"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

साइकल किन्न ‘सिको फाइभ’घडी बेचेका सापकोटालाई कुखुराले यसरि चढायो कारमा

८ कार्तिक २०७३, सोमबार ०५:२८

कात्तिक ८, काठमाडौं । नवलपरासीको गैंडाकोट २ का जयकृष्ण सापकोटाले कुखुरा काटेर बेच्दा बाहुनको छोरोले पनि कुखुरा काटेको भनेर खिसी गर्नेहरु धेरै थिए । त्यति मात्रै होइन यसले छोएको पानी खान हुन्न पनि भनेका थिए उबेला । तर त्योबेला खिसी गर्नेहरु अहिले जिब्रो टोक्छन । तर उहाँको कामलाई लिएर घिन मानेर होइन, त्यसबाट गरेको प्रगति देखेर । 

साइकल किन्न ‘सिको फाइभ’ घडी बेचें 

सापकोटाले २०५० साल मंसिर १ गते गैडाकोटमा एउटा काठको टेबुल राखेर कुखुरा काट्न थाल्नुभयो थियो । बिहानै पश्चिम चितवनको जगतपुर, पटिहानी, पार्बतीपुर लगायतका ठाउँमा पुगेर कुखुरा ल्याउनुपर्ने, तर उहाँसँग साधन थिएन । त्यसैले उहाँले लगाइरहेको सिको फाइभ घडी बेच्नुभयो अनि साइकल किन्नुभयो । त्यो पनि पुरानो ।

त्यही पुरानो साइकलको पछाडि सिटमा बाँस बाँधेर दुईतिर अनि अगाडि ह्यान्डिलमा पनि कुखुरा राखेर गुड्नु अनि चोकमा दिनभरी बेच्नु नै उहाँको दैनिकी थियो । दिनमा मुश्किलले दश वटा कुखुरा मात्रै बिक्रि हुन्थ्यो उतिबेला । तर केहि समयमै उहाँले दिनको एकसय वटासम्म कुखुराको मासु बेच्न थाल्नुभयो ।

कुखुराको बिक्रि बढेपछि उहाँले आफैं कुखुरा पाल्न थाल्नुभयो । अनि कुखुरासँगै थप्नुभयो अण्डा र कुखुराको दानाको व्यापार पनि । ‘त्यसपछि दुःखका दिन बिर्सने गरी सफलता हात पर्यो’ जयकृष्ण भन्नुहुन्छ । त्यसपछिको आफ्नो कमाईलाई जयकृष्ण दिन दुई गुना रात चौगुना भन्नुहुन्छ । यही व्यवसायबाट कमाएर उहाँले साढे २ तले घर बनाउनुभएको छ । 

भारत जाँदा सिकेको सीप 

२०४८ तिर जयकृष्ण काम खोज्दै भारत पुग्नुभयो । त्यतिबेला उहाँ २४ वर्षको मात्रै हुनुहुन्थ्यो । ठिटौले उमेरमै पुगेका जयकृष्णले कुखुरा फर्ममा काम गर्नुभयो । २६ महिना काम गर्दा कुखुरा पाल्ने सीप सिक्नुभयो तर कुखुराको स्याहार गर्ने काम अर्काको देशमा किन? भन्ने प्रश्नले घोचिरहन्थ्यो । ‘अर्काको देशमा कुखुराको स्याहार गर्ने काम गर्नुपर्छ भने त आफ्नै देशमा गएर यही पेशा गर्दा राम्रो हुन्छ भन्ने लाग्यो’ जयकृष्ण भन्नुहुन्छ । अनि गैंडाकोटमा फर्किएर मासु काट्न थाल्नुभयो । 

समाजका केही व्यक्तिले गरेको टिप्पणीबाट पछि हटेको भए आफनो यात्रा त्यहिँ टुँगिने थियो भन्ने अहिले पनि लागिरहन्छ उहाँलाई । ‘बाहुनको छोराले कुखुरा काटेको भनेर छिःछि दुरदुर गरेका बेला छोडेको भए छोडेको छोड्यै हुन्थ्यो तर मलाई उनीहरुको त्यो भनाई र समाजले के भन्ला भन्ने कुराले कति पनि पीर परेन’ उहाँ भन्नुहुन्छ ‘चोेरेर खान पो डर र लाज त मैले त काम गरेर खाएका हुँ भन्ने कुरा सम्झिएर गरिरहें ।’ 

गैंडाकोटमा भूमिका सप्लायर्स खोलेर कुखुरा, अण्डा अनि दानाको व्यापार गरिरहेका जयकृष्णले कुखुराकै व्यापारबाट अढाई तले घर बनाउनुभएको छ । छोरालाई उच्च शिक्षा पढाइरहनुभएको छ । हिजो एउटा साइकल किन्न नसकेका जयकृष्णले अहिले कुखुरा र दाना बजारमा पु्र्याउन आफ्नै गाडी छ । अनि कार पनि ।

यही व्यवसायले उहाँ पोल्टी सप्लायर्स कल्याणकारी संघको अध्यक्ष पनि बन्नुभएको छ । त्यति मात्रै होइन उहाँले कामको नयाँ नयाँ प्रबिधि र तरिका बुझ्न ५/६ वटा देशमा पनि घुमिसक्नुभएको छ । ‘हिजो र आजको तुलना गर्दा म आफैंलाई आफनो सफलताको कुरा पत्याउन गाह्रो हुन्छ’ जयकृष्णले भन्नुभयो ।

सफलता विश्वास नलागेपनि ५/६ घण्टा त्यो पनि भोकै पेट साइकल कुदाएर कुखुरा खोजेर ल्याएको कुरा चाहिँ बिर्सिनुभएको छैन उहाँले । ‘त्यो दिन सम्झिँदा त अहिले धेरै सुख छ नि । अहिले जहाँबाट जे ल्याउनुपर्दा पनि गाडी पाइन्छ त्यो पनि आफनै साधन छ’ जयकृष्ण भन्नुहुन्छ । श्रीमती अनि छोरा बुहारीले काममा सघाइरहेपनि उहाँले सात जनालाई रोजगारी पनि दिनुभएको छ । काम गर्ने मान्छे राखेपनि उनीहरुको नआएका बेला जयकृष्ण अहिले पनि आफैं मासु काट्नुहुन्छ । कामको खोजीमा एक दिनमा झण्डै १५ सय युवा खाडी देशमा गइरहेका छन । जयकृष्णको पालामा खाडीका देश भन्दा भारत जाने चलन भएकाले भारत जानुभयो ।

भारत पुगेपछि उहाँले कामको मेलो मात्रै समाउनुभएन, आफनै देशमा काम गर्न नचाहने तर अर्काको देशमा गएर चाहिँ जे पनि गर्न तयार हुने प्रवृत्ति पनि देख्नुभयो । ‘म घुम्न गएका देशमा नेपालीले गरेको मेहनत देख्दा यतिको मेहनत देशमै गर्ने हो भने नेपालमै पनि धेरै गर्न सकिन्छ भन्ने लाग्यो’ उहाँ भन्नुहुन्छ । त्यसका लागि सानो र ठूलो भनेर कामको तुलना नगर्न उहाँ सुझाव दिनुहुन्छ । -उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य