२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफ्नै डेढ वर्षकी छोरीलाई पासो लगाउने आमा पक्राउ

२०८१, २ जेष्ठ बुधबार ०८:३५

जेठ २, काठमाडौँ । आफैंले जन्म दिएको सन्तानलाई सलले पासो लगाएर मार्न खोजेको आरोपमा रुकुम पश्चिममा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

आफ्नी डेढ वर्षकी छोरीलाई पासो लगाउने मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङकी अन्दाजी २१ वर्षीया नन्द कली विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 


जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार नन्दकलीले आफ्नी डेढ वर्षकी छोरी टीका ओलीलाई आफू सुत्ने कोठामा सलले झुन्ड्याएर भिडियो बनाएकी थिइन्। 

घटना जेठ १ गते बिहान साढे आठ बजेतिरको हो  नन्दकलीले नाबालक छोरीलाई पासो लगाइदिएर बनाएको भिडियो वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका उनका श्रीमान्लाई पठाइन्। 

यस्तो भिडियो देखेपछि श्रीमान्ले विदेशबाट तुरुन्तै घरका अन्य सदस्य र छरछिमेकलाई खबर गरे। छिमेकीहरू तत्काल विष्टको घरमा पुगे र पासो लगाएकै अवस्थामा भेटाए। तुरुन्तै नाबालिकालाई उद्धार गरे। अहिले जिल्ला अस्पताल सल्लेमा नाबालिकाको उपचार भइरहेको छ। 

त्यस लगतै प्रहरीले नन्दकलीलाई नियन्त्रणमा लिएको छ। आवश्यक प्रक्रिया पुरा गरेर नन्द कली विरुद्ध आवश्यक कारबाही सुरु गर्ने प्रहरीको भनाई छ।

प्रहरीले अनुसन्धान सुरु गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा