जेठ ३, काठमाडौं । डा. गोविन्द केसीले अनसन तोडेका छन् । बैशाख २९ गतेदेखि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३, काठमाडौं । डा. गोविन्द केसीले अनसन तोडेका छन् । बैशाख २९ गतेदेखि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सु"/>
२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डा. गोविन्द केसीले तोडे अनसन

२०८१, ३ जेष्ठ बिहीबार १२:०६

जेठ ३, काठमाडौं । डा. गोविन्द केसीले अनसन तोडेका छन् । बैशाख २९ गतेदेखि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका थिए ।

पशुपति क्षेत्रमा अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई शिक्षण अस्पताल महाराजगंज लागिएको थियो । 

त्रिवि शिक्षण अस्पतालमा विहिबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२‍औं अनसन तोडेका हुन् । उनले सरकारले आफ्नो अनसन बेवास्ता गरेको भन्दै अनसन तोडेको बताएका छन् । 

केसीले राखेका चार बुँदे माग

१. सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजिनामा। निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिस्चित गरियोस्।

२. सवै नेपालीलाई गुणस्तरीय साथै निशुल्क औषधि – उपचारको व्यवस्था गरियोस्।

३. जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सवैको समान पहुँच सम्बन्धी – गेटामा तुरुन्त प्रतिष्ठान संचालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज/प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि उच्च शिक्षा ऐन र एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि ऐन तुरुन्त पारित गर्न लगायत सवै सम्झौताहरु कार्यान्वयन गर्न।

४. कार्की आयोगले दोषी ठहऱ्याएका व्यक्तिहरूलाई कारवाही गर्न माग गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज