२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

२०८१, ६ जेष्ठ आईतवार ११:०७

जेठ ६, काठमाडौँ | रोल्पा, सिरहा र रुपन्देही जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ ।

रोल्पा, रोल्पा नगरपालिका-४ खाद्य टोलमा लु.३ त ३४०२ नम्बरको ट्याङ्कर सडकबाट करिब १५ मिटर तल खसेर शनिबार बेलुकी दुर्घटना हुँदा ट्याङकरमा सवार लुङग्री गाउँपालिका-६ गुम्चाल घर भई रोल्पा नगरपालिका-१ मेवाङ बस्ने ४३ वर्षीया रूपशरी विष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिरहा, धनगढीमाई नगरपालिका-४ निम चोकस्थित सडकमा मधेश प्रदेश ०१-००४ प ६२१५ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार लहान नगरपालिका-५ बस्ने ७९ वर्षीया फुलझरीया देवी महतोको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ झोलुङेपुलस्थित सडकमा लु.१ झ ५३१ नम्बरको अर्घाखाँची जिल्ला अस्पतालको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-११ नहरपुर बस्ने ५६ वर्षीया कमला नेपालीको आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको   हो । साथै ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज