१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

राष्ट्रिय औद्योगिक व्यापार मेला आज बाट

२० फाल्गुन २०७२, बिहीबार ०१:४२

जिवराज बख्रेल’
फागुन १९, मकवानपुर । 
मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा आजबाट राष्ट्रिय औद्योगिक
व्यापार मेला आयोजना हुदैछ । हेटौंडाको लोकतान्त्रिक हुप्रा चौरमा हुने मेला दश दिनसम्म चल्नेछ । मेलाको
उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले विहिवार विहान ११ बजे उद्घाट्न गर्ने
कार्यक्रम छ ।
makwanpur - sajha sabal
मेलामा अटो, कृषि, उद्योग, हर्बल,
हस्तकला, महिला उद्यमी, बैंक तथा इस्योरेन्स, आइटी, बाल उद्यान, होटल लगायतसंग सम्बन्धित चार सय वटा
भन्दा स्टलहरु रहने संघका महासचिव महेन्द्र राउतले जानकारी दिनुभयो । मेलामा विभिन्न ठूला कम्पनिका १५
वटा स्टलहरु रहने आयोजकले जनाएको छ । मेलामा दैनिकरुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले
मनोरञ्जनामत्मक प्रस्तुती पस्कने छन् भने हेटौंडा आइडल प्रतिष्पर्धा पनि मेलाको आकर्षण रहेको छ

मेलामा यो पटक हेलिकप्टरबाट हेटौंडाको दृश्यावलोकनको व्यवस्था मिलाइएको संघले जनाएको छ । करिब
५० करोडको कारोबार लक्ष्य राखिएको मेलामा ६ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।
औद्योगिक व्यापार मेला उद्घाट्न अघि बहुसांस्कृतिक झाँकी हेटौंडा नगरमा प्रदर्शन गर्ने तयारी छ ।
हेटौंडा २ स्थित पल्पसा हलबाट सुरु हुने झाँकी हेटौंडाको बुद्घचोक, सिमाचोक, स्कूलरोड हुँदै मेला
आयोजनास्थल हुप्रचौर पुग्ने ¥याली व्यवस्थापन समितीका संयोजक अमृत दाहालले जानकारी दिनुभयो

¥यालीमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र हेटौंडा, नेपाल आर्मीको बाजा, परेड, प्रहरीको परेड,
मगर, राई, दनुवार, थार, तामाङ्, कुमाल, नेवार समुदायको सांस्कृतिक पहिरन प्रदर्शनी हुनेछ । हेटौंडा
उपमहानगरका विभिन्न टोल विकास संस्था, विद्यालय, जेसीज, लायन्स लगायतले सांस्कृतिक झाँकी प्रदर्शन गर्दै
नगर परिक्रमा गर्दैछन् ।

यस्तै, आठ वटा टोलीले लोपोन्मुख नौमति बाजा बजादै हेटौंडा नगर गुञ्जयमान
गराउने तयारी रहेको संघले जनाएको छ । उत्कृष्ट झाँकी प्रदर्शन गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको
संघले जनाएको छ मेलामा पन्चेबाजा प्रतियोगिता आकर्षणका रुपमा रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल