२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

राष्ट्रिय औद्योगिक व्यापार मेला आज बाट

२०७२, २० फाल्गुन बिहीबार ०१:४२

जिवराज बख्रेल’
फागुन १९, मकवानपुर । 
मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा आजबाट राष्ट्रिय औद्योगिक
व्यापार मेला आयोजना हुदैछ । हेटौंडाको लोकतान्त्रिक हुप्रा चौरमा हुने मेला दश दिनसम्म चल्नेछ । मेलाको
उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले विहिवार विहान ११ बजे उद्घाट्न गर्ने
कार्यक्रम छ ।
makwanpur - sajha sabal
मेलामा अटो, कृषि, उद्योग, हर्बल,
हस्तकला, महिला उद्यमी, बैंक तथा इस्योरेन्स, आइटी, बाल उद्यान, होटल लगायतसंग सम्बन्धित चार सय वटा
भन्दा स्टलहरु रहने संघका महासचिव महेन्द्र राउतले जानकारी दिनुभयो । मेलामा विभिन्न ठूला कम्पनिका १५
वटा स्टलहरु रहने आयोजकले जनाएको छ । मेलामा दैनिकरुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले
मनोरञ्जनामत्मक प्रस्तुती पस्कने छन् भने हेटौंडा आइडल प्रतिष्पर्धा पनि मेलाको आकर्षण रहेको छ

मेलामा यो पटक हेलिकप्टरबाट हेटौंडाको दृश्यावलोकनको व्यवस्था मिलाइएको संघले जनाएको छ । करिब
५० करोडको कारोबार लक्ष्य राखिएको मेलामा ६ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।
औद्योगिक व्यापार मेला उद्घाट्न अघि बहुसांस्कृतिक झाँकी हेटौंडा नगरमा प्रदर्शन गर्ने तयारी छ ।
हेटौंडा २ स्थित पल्पसा हलबाट सुरु हुने झाँकी हेटौंडाको बुद्घचोक, सिमाचोक, स्कूलरोड हुँदै मेला
आयोजनास्थल हुप्रचौर पुग्ने ¥याली व्यवस्थापन समितीका संयोजक अमृत दाहालले जानकारी दिनुभयो

¥यालीमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र हेटौंडा, नेपाल आर्मीको बाजा, परेड, प्रहरीको परेड,
मगर, राई, दनुवार, थार, तामाङ्, कुमाल, नेवार समुदायको सांस्कृतिक पहिरन प्रदर्शनी हुनेछ । हेटौंडा
उपमहानगरका विभिन्न टोल विकास संस्था, विद्यालय, जेसीज, लायन्स लगायतले सांस्कृतिक झाँकी प्रदर्शन गर्दै
नगर परिक्रमा गर्दैछन् ।

यस्तै, आठ वटा टोलीले लोपोन्मुख नौमति बाजा बजादै हेटौंडा नगर गुञ्जयमान
गराउने तयारी रहेको संघले जनाएको छ । उत्कृष्ट झाँकी प्रदर्शन गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको
संघले जनाएको छ मेलामा पन्चेबाजा प्रतियोगिता आकर्षणका रुपमा रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ