२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपाका प्रमुख सचेतक भन्छन् : गज्जब हुनेवाला छ, आइतबार मज्जाले हाउस अगाडि जान्छ

२०८१, ११ जेष्ठ शुक्रबार १२:०३

जेठ ११,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संघीय संसदको गतिरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति बनाउने सहमति दलहरुका बीचमा छ ।


‘समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलबाट निष्कर्ष निस्केला जस्तो छ कि छैन ?’ भन्ने पत्रकारको प्रश्नमा परियारले भने, ‘गज्जब हुनेवाला छ, आइतबार मज्जाले हाउस अगाडि जान्छ ।’

शुक्रबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आगामी आइतबार बिहान ११ बजे बस्दैछ । संसद सचिवालयका अनुसार शुक्रबारका लागि तय भएको नीति तथा कार्यक्रममाथि छलफल र पारित गर्ने कार्यसूची आइतबारका लागि सरेको छ ।

यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेका थिए । संघीय संसदमा अवरोध जारी रहेका कारण उक्त नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन ।

तर, अब आइतबार बस्ने संसद बैठक सौहार्द हुने विश्वास रास्वपाका प्रमुख सचेतक परियारले राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित