२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साउनमा किन माछामासु खानु हुन्न ? यस्ता छन् कारण

२०८१, ८ श्रावण मंगलवार ०९:२७

साउन ८, काठमाडौं । साउनलाई हरियालीको महिनाका रुपमा लिइन्छ । यसलाई शाकाहारी महिना भनेर पनि चिनिन्छ। साउनमा विशेषगरी हिन्दु धर्मावलम्बी नारीहरूले हातमा मेहन्दी हरियो, पहेँलो चुरा र हरियो पहिरन लगाउने चलन छ ।

धार्मिक मान्यतासँग जोडेर हेर्दा साउनलाई भगवान् शिवको प्रिय महिनाका रूपमा लिने गरिन्छ । त्यसैले यस महिना सनातन धर्मावलम्बीहरूले विशेष पूजाआरधाना गर्ने गर्छन् ।


यो साउने संक्रान्ति, बोलबम र भगवान् शिवको आराधना साथै उपवासको महिना हो । पूर्वीय दर्शनअनुसार साउन महिनामा भगवान् शिवको आराधना गर्ने, उपवास बस्ने, शिवलिङ्गमा जल अर्पण गर्ने गरिन्छ ।

धार्मिक मान्यताअनुसार, साउनको सोमबार ब्रत बस्ने र शिवलिङ्गमा जल चढाउनाले घरमा सुख समृद्धि मिल्छ । भलै नयाँ पुस्तालाई यी कुरा धार्मिक आडम्बर लाग्न सक्छ । यो केवल परम्परा मात्रै लाग्न सक्छ । तर, धार्मिक परम्परासँग जोडिएर आएका यी कुराहरूसँग विज्ञान पनि जोडिएर आएका मानिन्छ ।

असारको चटारो सक्न नभ्याउँदै साउन आउँछ । यतिबेला खेती किसानी गर्नेले बाली लगाएर विश्राम लिन्छन् । खेतीपातीको चटारोबाट विश्राम लिँदै मनलाई धर्मकर्ममा लगाउने गरिन्छ । धार्मिक आस्थाका रूपमा मात्र होइन, हाम्रो जीवन पद्धतिसँग जोडिएका कुरा हुन् यी ।

किन ब्रत बस्ने ?

साउनमा ब्रत एवम् उपवास बस्नु भगवानलाई खुसी तुल्याउन मात्रै होइन । आफ्नो मनोकांक्षा पूरा गराउन मात्रै होइन । यी त आस्थाका कुरा भए ।

विज्ञानको कुरा अर्कै छ । भनिन्छ, बर्खायाममा हाम्रो पाचनयन्त्र कमजोर हुन्छ । पानीलगायत विभिन्न खाद्य पदार्थका कारण पेटमा जीवाणु फैलिने र झाडापखाला लाग्ने सम्भावना हुन्छ । अर्कोतिर हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा गर्छ ।

झाडापखलाको संक्रमण यही महिनामा बढी फैलने गर्छ । त्यसैले वर्षायाममा हेपाटाइटिस, हैजा, ग्यास्ट्राइटिस, र विभिन्न भाइरल रोग देखा पर्छन् । वर्षा र ओसिलो मौसमले यस्ता संक्रमण फैलने भय दोब्बर बढाइदिन्छ । यस्तो अवस्थामा खानपानप्रति सर्तक हुनैपर्छ ।

यो संस्कारको विकास किन भयो होला भनेर अनुमान गर्ने अर्को पाटो पनि छ । हामी खेती किसानीमा आश्रित छौं । यति बेला अन्नबाली लगाइसकेको बेला हो । र, भकारी रित्तिने बेला पनि । पुर्खाहरूले यस बेला खाद्य संकट पनि भोगे होलान् । त्यसैले अन्नपात जगेडाका लागि पनि उपवास एउटा राम्रो विकल्प हुनसक्छ ।

किन माछामासु नखाइएको होला ?

धार्मिक मान्यताअनुसार यस महिनामा मदिरा र मासुको सेवनले मानिसको भविष्यमा नराम्रो असर पार्छ । धर्म मात्र होइन, विज्ञानले पनि साउनमा तामसिक पदार्थ अर्थात मदिरा, मासु, तेल, मसला आदिको प्रयोग कम गर्नुपर्ने मान्यता राखेको छ ।

साउनमा धेरैले माछामासु खाँदैनन् । कतिले सोमबार अन्न समेत खाँदैनन् । यसको आफ्नै धार्मिक तर्क छ ।

आयुर्वेदका अनुसार साउन शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । मदिरा, मासु, तेल र मसालेदार खानेकुराको सेवनले हाम्रो पाचन प्रणालीलाई तनाव दिन्छ किनभने यी पचाउन गाह्रो हुन्छ । कमजोर पाचन शक्तिका कारण मांसाहारी खाना आन्द्रामा सड्न थाल्छ । यसले इम्युनिटीमा पनि नराम्रो असर गर्छ । एक हिसाबले नन-भेज र मसालेदार खानाले रोग निम्त्याउन सक्छ ।

मासुमंसमा जीवाणु फैलने, कुहिने, सड्ने हुन्छ । त्यहीकारण यसबेला मासु त्यति हितकर मानिँदैन । वर्षायाम भनेको धेरैजसो पानीमा पाइने जीवहरूको प्रजननको महिना हो ।

पहिलेको जमानामा माछालाई व्यावसायिक रूपमा छुट्टै पोखरीमा पाल्ने र खान प्रयोग गर्ने चलन थिएन । प्राकृतिक नदीहरू र खोलामा पाइने सीमित माछा प्रजनन महिनामा खाइदिए अर्को वर्ष संख्या घट्ने वा लोप हुने डर हुन्थ्यो ।

साउन पशुको स्वास्थ्यका लागि पनि राम्रो हुँदैन । जनावरहरूले खाने घाँस र झारसँगै तिनीहरूले अन्जानमा धेरै विषालु कीराहरू निल्छन् । जसका कारण पशुपंक्षी बिरामी पर्छन् । उनीहरूको शरीरमा संक्रमण फैलिन्छ । यस्ता जनावरको मासु मानव शरीरका लागि निकै हानिकारक साबित हुन्छ ।

कस्तो खानपान उपयुक्त ?

यसबेला सात्त्विक भोजन एवम् हल्का, सु-पाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहत दिन्छ । साउनमा खीरलगायत दूधजन्य परिकार खाने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ