रुपन्देहीको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु, एक जना बेपत्ता

Posted on: 27 Jul, 2024

साउन १२, बुटवल | रुपन्देहीको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।  बागलुङको बरेङ गाउँपालिका–४ घर भई बुटवलको सिर्जनानगर बस्ने १२ वर्षीय विवश खत्री र रुपन्देहीको सैनामैना नगरपालिकाका ८ वर्षीय विप्रन पाण्डे तिनाउ नदीमा बगेका थिए।  

खत्रीको शव नदी छेउमा भेटिएको छ ।  ईलाका प्रहरी कार्यालय बुटवलले  तिनाउ नदीमा बगेका मध्ये पाण्डेको खोजी भइरहेको बताए । नदीमा बगेका दुवै बालक दिदी बहिनीका छोरा हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!