९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहटमा दलित बालिकामाथि सामूहिक बलात्कार, प्रहरीको सक्रियतामा २२ दिनपछि मुद्धा दर्ता

१३ श्रावण २०८१, आईतवार ०६:४३

साउन १३, रौतहट । रौतहटको उतरिभेग गुजरा नगरपालिकाकी एकादलित बालिका माथी सामूहिक बलात्कार घटनामा लामो रस्साकस्सी पछी प्रहरीकोमा मुद्दा दर्ता भएको बाहिरिएको छ।

घटनापछि केही स्थानिय जनप्रतिनिधिले लेनदेनको भरमा मुद्दा मिलाउने चलखेल गरेको कारण घटनाको २२ दिन पछि मात्र मुदा दर्ता भएको हो ।

गुजारा नगरपालिकाकी उपमेयर रत्ना लामाको पहल र जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा आरोपीहरु बिरुद्द ईलाका प्रहरी कार्यालय गरुडामा गत ७ गते मुद्दा दर्ता भएको हो। पीडित र पीडक गुजराको भएपनि घटनास्थल कटहरिया भएकाले उक्त मुद्दा गरुडामा दर्ता भएको प्रहरीले जनाएको छ।

आरोपीहरु गुजरा ४ कनकपुर गाउँका शेख जफीरको छोरा बर्ष २० को शेख ईञ्जमाम, शेख बाकलको छोरा बर्ष २१ को शेख मुस्ताक, र रामचन्द्र दास तत्माको छोरा बर्ष २५ को दीपेन्द्र कुमार दास बिरुद्द जबरजस्ती करणी लगायतको मुद्दा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।


पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भएर आवश्यक कार्यवाही प्रक्रिया अगाडी बढाईनुका साथै घटना बारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।

घटना बिवरण अनुसार आरोपी मध्ये एकजनाले गुजरा ४ कनकपुर गाउँकी १७ बर्षिया एक दलित बालिकालाई बिभिन्न प्रलोभन दिई ललाई फकाई गत असार १५ गते दिउँसो कटहरिया २ कनकपुर जमुनिया गाउँ बीचको चौरमा लागेका थिए ।

पहिलै देखी त्यहाँ लुकिवसेका अन्य दुई आरोपी सहित तीनैजनाले बलपूर्वक दलित बालिकालाई पालै पालो बलात्कार गरी मोबाईल फोन बाट भिडियो समेत बनाएका थिए ।

घटनाको बारेमा पीडित बालिकाले आफ्नो परिवारमा जानकारी गराए पछि स्थानिय निकायका केही जनप्रतिनिधि र केही राजनीतिक दलका नेताहरुले उसको परिवारमाथि दिएको दवाबको कारण घटना बाहिर आउन सकेन।

भित्रभित्रै लेनदेनको भरमा सामूहिक बलात्कार जस्तो जघन्य अपराधलाई मिलाउने चलखेल सुरु भएको थियो। पीडित परिवारमाथि दिएको बिभिन्न धाक धम्कीको कारण उनीहरू प्रहरी सामु पनि जानसकेका थिएनन्।

घटनाको २० दिन पछि गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामा घटना बारे जानकारी पाएर पीडितको घरमा पुगेर उनीहरू लाई हौसला दिंदै घटना बारे एसपी घिमिरेलाई जानकारी गराएकी थिइन्।

लगत्तै एसपी घिमिरेको निर्देशनमा पीडित परिवारले पीडक बिरुद्द ईलाका प्रहरी कार्यालय गरुडामा लिखित जाहेरी दरखास्त दिएको थियो।

जाहेरी संगै एसपी दिलीप घिमिरे, ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वाती, ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर ईन्द्र मणि अधिकारी आफै फिल्डमा खटेर कानुनी कारवाही प्रक्रिया अगाडी बढाएको गुजराकी उपमेयर लामाले जानकारी दिएकी छिन्।

एसपी घिमिरेले यस्तो जघन्य अपराधलाई लेनदेनको भरमा टुंगो लगाउने कार्य आफैमा अपराध भएको बताएका छन्। उनले यस्तो कार्य गर्ने जोसुकै भएपनि कडा भन्दा कडा कार्वाही हुनुपर्ने बताएका छन।आरोपी तीनैजना हाल फरार रहेकाले उनीहरूको खोजी तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। रौतहट प्रहरी प्रमुखको रूपमा एसपी दिलीप घिमिरे आएदेखि तुलनात्मक रूपमा आपराधिक क्रियाकलापमा कमी आएको स्थानीयहरूले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु