१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्कुल जान्छु भन्दै घरबाट हिँडेकी किशोरी कोटेश्वरको गेस्ट हाउसमा बलात्कृत!

१३ श्रावण २०८१, आईतवार ०९:५८

साउन १३, काठमाडौं | ललितपुरको लुभूस्थित एक स्कुलमा कक्षा ९ मा अध्ययन गर्दै गरेकी एक किशोरी बलात्कृत भएकी छिन् ।  स्कुल जान भनेर सँगै पढ्ने साथीसँग हिँडेकी उनी कोटेश्वरको गेस्ट हाउसमा बलात्कृत भएकी हुन् ।

गत असार ५ गते उनीहरू बिहान सवा ८ बजेतिर स्कुल जान भन्दै घरबाट हिँडेका थिए । तर, स्कुल नगई राइड शेयरिङ एप पठाओमा एक स्कुटर र एक बाइक बुक गरेर भृकृटिमण्डपस्थित फनपार्क घुम्न गए । 


दिनभर घुमेर गाडीमा उनीहरू कोटेश्वर फर्किए । ढिला भइसकेकाले घर नजाने निधो गरे र कोटेश्वरमा रहेको साइँली नामक गेस्ट हाउसमा बसे ।

सीमित पैसा लिएर घरबाट निस्किएका उनीहरूसँग खाना खाने पैसा थिएन । भोलीपल्ट बिहान ६ गते उठेर ७ बजेतिर दुई किशोरी आफू बसेको होटलसँगै रहेको अर्को गेष्टहाउसमा काम खोज्न गए ।

डिबिका नामको गेष्टहाउसमा पुगेका उनीहरूले त्यहाँ आइसकेका ग्राहक इलाम माईमझुवाका ४० वर्षिय अम्बर बहादुर तिवारीलाई भेटे । आफूहरूसँग खानको लागि समेत पैसा नभएको दुखेसो किशोरीहरूले सुनाए ।

होटलका साहु आएपछि उमेर सानो भएको भन्दै काममा नराख्ने बताए । तर, आफूहरूसँग पैसा नभएको र जे जस्तो काम गर्न पनि तयार रहेको सुनाए ।

उनीहरूको कमजोरीको फाइदा उठाउँदै अम्बरबहादर तिवारीले आफू बसेको कोठामा लगे । अम्बरबहादर तिवारीले किशोरीहरूलाई खाना खुवाएर एक किशोरीलाई बाहिर पठाएको र अर्काेलाई बलात्कार गरेको भन्दै उजुरी परेको छ ।

पीडित किशोरीले आफूलाई ‘ढोकामा चुकुल लगाई बाहिर आउन नदिई मेरो हात समेत बाँधी दिई मैले नमान्दा नमान्दैमा जबरजस्ती करणी गरेको’ भन्दै वानेश्वर वृत्तमा जाहेरी दिएकी छिन् । जाहेरीपछि अम्बरबहादुर तिवारी पक्राउ परेका छन् । कोठा बाहिरबाटै चुकुल लगाई भित्रै थुनेर राखेको र ट्वाईलेट जान्छु भनेर भागेर उजुरी दिएको किशोरीले जनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह