१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्री ओलीलाई मेटमणिको प्रश्न – १ अर्ब ५६ करोडको दमक भ्यूटावरबाट जनताले के पाए ?

१३ श्रावण २०८१, आईतवार १२:०६

साउन १३, काठमाडौँ । एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत महसुल नतिर्ने उद्योगीको पक्ष लिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका सांसद चौधरीले प्रधानमन्त्रीले साउन ७ गते सदनमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा उपभोग नगरेको विद्युतको महसुल किन तिर्ने भन्दै उद्योगीको बचाउन गरेको आरोप लगाए ।

‘उहाँले गौरवका साथ भन्नुभयो । पैसा कमाएपछि तिरिहाल्छन् नी । उहाँको कारण आज काटिएको उद्योगको लाइन जोडिएको छ । जबकी जगदम्बा स्टिलले १२.६, रिलायन्सले ३१.५, हुलासले ६.७५, जगदम्बा सिमेन्टले ४.०६ र अर्घाखाँची सिमेन्टले १३.५ र घोराही सिमेन्टले २७ मेगावट विजुली उपभोग गरिरहेका छन् । उनीहरुले एकमुष्टमा ८ अर्वभन्दा धेरै रकम बक्यौता देखिन्छ’ उनले भने ।


सांसद चौधरीले कमाएपछि तिरन्छ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै ओलीकै निर्वाचन क्षेत्रका सतार, सन्थाल झाँगडलगायतका विपन्न समूदायका नागरिकमा त्यो कुरा लागू नभएको बताए । ‘के त्यहाँको हकमा पनि पैसा कमाएपछि तिरिहालिन्छ नि भन्ने कुरा लागू हुन्छ ?’उनले प्रश्न गरे । ‘एक हजार रुपैंया नभएर जनताहरु अन्धकारमा बाँचन बाध्य भएका छन् । तर, १ अर्ब ६० करोड पैसा नर्तिनेलाई कारबाही नहुने यो कस्तो सुशासन हो’ ।

सांसद चौधरीले ओली प्रधानमन्त्री हुँदा अघिल्लो सरकारमा देशभर काम नलाग्ने भ्यू टावर बनाईको भन्दै प्रश्न गरे । ‘प्रधानमन्त्री राष्ट्रिय अभिभावकको भूमिकामा हुनुपर्छ । राष्ट्रिय परियोजना भनेको नाफारहित आत्मनिर्भरमूखि हुनपर्ने हो । तर, हालसम्म हाम्रा परियोजनाहरु सेटिङ र कमिसनको आक्रान्त खेलबाट बाहिर आउन सकेका छैनन् । दमक भ्यूटावरलाई १ अर्ब ५६ करोड लगानी गरियो । त्यसबाट नागरिकले के पाए’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह