२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिमलताल दुर्घटना: त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय विशेषज्ञ फिर्ता

२०८१, १३ श्रावण आईतवार १२:१४

साउन १३, काठमाडौँ ।  त्रिशूलीमा खसेर बेपत्ता भएका दुईवटा डिलक्स बस र यात्रु खोज्न भारतबाट आएको विशेषज्ञ टोली फर्किएका छन् । भारतबाट ४ जना गोताखोरसहित आएका १२ जना विशेषज्ञले साउन ६ देखि बस र यात्रुको खोजी गरे । तर, बस र यात्रु फेला परेनन् ।

भारतबाट आएको टिम फर्किएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले रातोपाटीलाई बताए । उनले भने–‘बस फेला परेको छैन, अहिलेसम्म २५ जनाको शव भेटिएको छ ।’

भारतीय विशेषज्ञले चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र आसपासको क्षेत्रमा खोजी गरेका थिए । भारतीय एनडीआरएफको खोजी कार्यमा ३ वटा सोनार क्यामेरा र म्याग्नेट प्रयोग गरेका छन् । उनीहरूले ल्याएको २० किलोको एउटा चुम्बक त्रिशूलीमा हराएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बलका १३ जना गोताखोरले असार २८ देखी नै खोजी जारी राखेका छन् ।काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित