१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरा स्कुल बस दुर्घटना : विद्यार्थी भन्छन्, ‘बस एकदम स्पिडमा थियो’

१४ श्रावण २०८१, सोमबार ०७:४०

साउन १४, काठमाडौं | पोखरामा आमाछोराको मृत्यु हुने गरी सोमबार भएको स्कुल बस दुर्घटनामा 'ओभरस्पिड’ कारण रहेको बसमा सवार विद्यार्थीले बताएका छन् । घाइतेलाई भेट्न अस्पताल पुगेका पोखरा महानगर प्रमुख धनराज आचार्यसँग कुरा गर्दै विद्यार्थीले बस दुर्घटनाअघि तीव्र गतिमा रहेको बताएका हुन् । 

'पहिला त्यस्तो हुन्थेन, आज बस एकदम स्पिडमा थियो,' एक विद्यार्थीले भनिन्, 'बस सिधै गएर घुम्तीमा खस्यो ।' फुस्रेखोला-रामदी-मट्टीखान सडक निर्माण उपभोक्ता समितिका सदस्य समन गुरूङले भने पहिले-पहिले पनि चालकले तीव्र गतिमा बस चलाउने गरेको सुनाए । 'भर्खरै बनाएको नयाँ बाटो हो, अलि बिस्तारै चलाउ है भनेर पटकपटक भन्दै आएका थियौं,' उनले भने, 'कच्ची बाटो भएको भए बरू स्पिड कम हुन्थ्यो, दुर्घटना हुँदैनथ्यो । पक्की बाटो भएपछि मनलाग्दी स्पिड भयो ।'


दुर्घटनाका प्रत्यक्षदर्शी रामदी-एकहाते टोल विकास संस्थाका अध्यक्ष कृष्ण देवकोटाका अनुसार माथिल्लो घुम्तीबाट बिजुलीको पोल, चिलाउनेको रूखमा ठोक्किँदै बस तल्लो सडकमा आइपुगेको थियो । नयाँ कालोपत्रे भएकोले सडकमा भएका मसिना ग्राभेलले दुई पांग्रे सवारी चिप्लिने गर्थ्यो । तीन दिनअघि मात्रै संस्थाले सडक डिभिजन कार्यालयमा गएर समयमै काम सक्न, बाटोको ग्राभेल सफा गर्न आग्रह गरेको थियो । 'स्कुल बस पनि १५ वर्ष सिटीमा चलेकोलाई रंगरोगन गरेर विद्यार्थी बोकेको भन्ने सुन्नमा आएको छ,' उनले भने, '२० जना सिट क्षमताको बसमा ३० जना चढाउनु विद्यालयको लापर्बाही हो ।'

पोखरा-२१ छरछरेमा सोमबार विरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनको छोरा ६ वर्षीय प्रिन्स विकको निधन भएको छ । उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । बसमा ३० जना सवार थिए । बसका चालक, एक शिक्षिका, एक अभिभावक र घाइते २५ विद्यार्थीको उपचार भइरहको छ ।

कृस्तीबाट विद्यार्थी लिएर पोखरा-१७ विरौटामा रहेको विद्यालयमा बस फर्किरहेको थियो । ग१क ६२१९ नम्बरको बस घुम्तीबाट झण्डै ५० मिटर तल खसेको थियो । घाइतेमध्ये १३ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह