२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बुढीगण्डकीमा भेटिएको शव फेरि हराएपछि…

२०८१, १४ श्रावण सोमबार ०८:४१

साउन १४, काठमाडौँ । गोरखाको आरुघाट नजिक बुढीगण्डकी किनारमा आइतबार साँझ देखिएको एउटा शव फेरि हराएको छ। 

आइतबार साँझ गोरखाको आरुघाट बजारदेखि तल बुढीगण्डकी किनारमा एक युवकको शव फेला परेको सूचना आज (सोमबार) बिहान गोरखा प्रहरीलाई गएको थियो। 

‘हामी आज बिहान त्यहाँ पुग्दा शव थिएन,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक एसपी वासुदेव पाठकले भने, ‘नदी किनारमा हिजो साँझ देखिएको त्यो शव फेरि नदीले बगाएको हुनसक्ने आशंका हामीले गरेका छौँ।’


उक्त शव गोरखाको धार्चेमा आइतबार बिहान गएको पहिरोमा बेपत्ता भएका पाँच जनामध्ये कसैको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा आइतबार बिहान पाहिरोले एउटा घर बगाउँदा हाइड्रो पावरमा कार्यरत एकै परिवारका तीनसहित पाँचजना कामदार बेपत्ता छन्। 

विगत ३० घण्टादेखि खोजी गरे पनि उनीहरुलाई फेला पार्न नसकिएको एसपी पाठकले बताए। 

‘हिजो साँझ आरुघाटका एक स्थानीयले कालीगण्डकी किनारमा एक युवकको शव देखेका रहेछन्। तर, उनले त्यतिबेलै यो खबर हामीलाई गरेनन्,’ एसपी पाठकले भने, ‘आज बिहान मात्रै स्थानीयहरुसँग उनले आफूले हिजो साँझ कालीगण्डकी किनारमा एउटा शव भेटेको थिएँ भनेछन्। त्यसपछि हामीलाई खबर आयो। आज बिहान गाउँलेसँगै हाम्रो टोली त्यहाँ पुग्दा शव थिएन।’

उनले गएराति कालीगण्डकीमा आएको बाढीले शव पुनः बगाएको हुनसक्ने बताए। ‘हाम्रो टोलीले अहिले पनि कालीगण्डकी र त्रिशूली किनारमा पहिरोमा बेपत्ताहरुको खोजी गरिरहेकाे छ,’ एसपी पाठकले भने।

त्रिशूलीमा भेटियो एक महिलाको शव

यसैबीच त्रिशूली नदीमा आइतबार साँझ एक महिलाको पनि शव फेला परेको छ। ‘त्यो शव पनि हिजो गोरखामा गएको पहिरोमा बेपत्तामध्येकै एक जनाको हो कि भन्ने आशंका हामीले गरेका छौँ,’ एसपी पाठकले भने, ‘थप अनुसन्धान हुँदैछ।’

ती महिलाको शव अहिले गोरखा जिल्ला अस्पतालमा राखिएको उनले बताए। ‘त्यो शव सनाखतको लागि पहिरोमा बेपत्ता भएकाहरुका आफन्तलाई खबर गरेका छौँ,’ उनले भने।  

बुढीगण्डकी नदी बेनीघाट तल त्रिशूलीमा मिसिन्छ। दुई नदीको मिलनबिन्दु नजिकै महिलाको शव फेला परेको हो।  

पहिरोमा परेर धार्चे गाउँपालिका–५ रेसेका ३७ वर्षीय जितबहादुर गुरुङ, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, बुवा ६० वर्षीय सुकलाल कान्छा गुरुङ र सोही ठाउँका ३३ वर्षीय रमेश गुरुङ, हाइड्रो पावरकै ट्याक्टर चालक २४ वर्षीय रमेश परियार बेपत्ता छन्। 

त्रिशूलीमा आइतबार फेला परेकाे शव कान्छी गुरुङको हुन सक्ने आशंका प्रहरीले गरेको छ। 

पहिरोमा बेपत्ताहरुलाई बाढीले बगाएर ल्याउन सक्ने भएकाले त्रिशूली र कालीगण्डकी किनारमा खोजी कार्य केन्द्रीत गरिएको एसपी पाठकले बताए। 

‘स्थानीयसँगै प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोलीले नदी किनारमा अहिले पनि बेपत्ताहरुको खोजी गरिरहेका छन्,’ एसपी पाठकले भने, ‘स्थानीय गाउँलेलाई पनि हामीले नदी किनारमा यसो नजर लगाउन भनेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै