२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोरखा पहिरोमा बेपत्ता ४ जनाको शव भेटियो, अझै एक जना बेपत्ता

२०८१, १४ श्रावण सोमबार १०:४५

साउन १४, काठमाडौँ । गोरखाको धार्चे गाउँपालिका–५ स्थित रेसेफाँटमा लेदोसहितको पहिरोमा परेर बेपत्ता भएका चार जनाको शव फेला परेको छ। 

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोलीले खोजी गर्ने क्रममा बेपत्ता भएकामध्ये ४ जनाको शव फेला परेको हो। 

उक्त पहिरोमा परी ५ जना बेपत्ता भएका थिए। अर्का एक जनाको शव खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।  


पहिरोमा परेर बेपत्ता भएकामध्ये धार्चे गाउँपालिका–५ रेसेका ३७ वर्षीय जितबहादुर गुरुङ, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, बुवा ६० वर्षीय सुकलाल कान्छा गुरुङ र सोही ठाउँका ३३ वर्षीय रमेश गुरुङ शव फेला परेको हो।

हाइड्रो पावरकै ट्याक्टर चालक २४ वर्षीय रमेश परियार बेपत्ता छन्। उनको शव फेला परेको छैन।

पहिरोमा परेर घाइते भएका दुई जनालाई भने हिजै उपचारको लागि हेलीकप्टरमार्फत् काठमाडौँ ल्याइएको छ।

बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको थियो। 

पहिरोमा परेर गम्भीर घाइते भएका धार्चे गाउँपालिका–५ का ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङको काठमाडौँमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै