१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

केरलको पहिरोमा अहिलेसम्म ४७ जनाको शव निकालियो, एक नेपाली बालक पनि परे

१५ श्रावण २०८१, मंगलवार ०७:१४

साउन १५, काठमाडौँ । भारतको केरल राज्यको वायनाडमा पहिरोमा पुरिएर मर्नेको सङ्ख्या बढ्दो छ । मध्यराति गएको पहिरो खोतलेर अहिलेसम्म ४७ जनाको शव निकालिएको छ ।  पहिरोमा एक जना नेपाली बालकको पनि मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाले थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको समाचारमा उल्लेख गरेको छ। यसबारे विस्तृत विवरण भने आइसकेको छैन। 


यसमा अझै सय जना फसेको हुन सक्ने बताइएको छ । मृत्यु हुनेमा केही बालबालिका पनि छन् । उद्धार कार्यमा सेनाको साथसाथै जल सेना पनि खटाइएको छ ।

पहिरो मंगलबार बिहान करिब २ बजे खसेको थियो । त्यसपछि ४ः१० मा फेरि अर्को पहिरो पनि गयो । त्यहाँ करिब २–३ पटक पहिरो गएको बताइएको छ । पहिरोका कारण घाइते भएका १६ जनाको भने अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परेर ज्यान गुमाउने मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २ लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यसबाहेक घाइतेहरूलाई जनही ५० हजार भारु दिने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह