2026-06-17 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

केरलको पहिरोमा अहिलेसम्म ४७ जनाको शव निकालियो, एक नेपाली बालक पनि परे

साउन १५, काठमाडौँ । भारतको केरल राज्यको वायनाडमा पहिरोमा पुरिएर मर्नेको सङ्ख्या बढ्दो छ । मध्यराति गएको पहिरो खोतलेर अहिलेसम्म ४७ जनाको शव निकालिएको छ ।  पहिरोमा एक जना नेपाली बालकको पनि मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाले थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको समाचारमा उल्लेख गरेको छ। यसबारे विस्तृत विवरण भने आइसकेको छैन। 


यसमा अझै सय जना फसेको हुन सक्ने बताइएको छ । मृत्यु हुनेमा केही बालबालिका पनि छन् । उद्धार कार्यमा सेनाको साथसाथै जल सेना पनि खटाइएको छ ।

पहिरो मंगलबार बिहान करिब २ बजे खसेको थियो । त्यसपछि ४ः१० मा फेरि अर्को पहिरो पनि गयो । त्यहाँ करिब २–३ पटक पहिरो गएको बताइएको छ । पहिरोका कारण घाइते भएका १६ जनाको भने अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परेर ज्यान गुमाउने मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २ लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यसबाहेक घाइतेहरूलाई जनही ५० हजार भारु दिने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ