१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विभिन्न स्थानमा ७ जना मृत फेला

१५ श्रावण २०८१, मंगलवार ०७:५३

साउन १५, काठमाडौँ । देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

महोत्तरी, बर्दिबास नगरपालिका-२ संजोग मार्गस्थित मकैबारीमा सोही नगरपालिका-२ बस्ने ५१ वर्षीय दिल बहादुर राना सोमबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी महोत्तरी, रामगोपालपुर नगरपालिका-४ बिचला चोक बस्ने गोविन्द महतोको छोरा अन्दाजी साढे २ वर्षीय सचिन महतो सोही ठाउँस्थित पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार फेला परेका छन् । 

सर्लाही, ईश्वरपुर नगरपालिका-७ पोखरीटोल बस्ने ५० वर्षीय किशोरी साह आफ्नै घर नजिक सोमबार मृत अवस्थामा फेला परेका छन् । 

लमजुङ, सुन्दरबजार नगरपालिका-१० कोईरालाफाँटस्थित पाउदी खोलामा सोही नगरपालिका-१० पाखुरे बस्ने २८ वर्षीय राम बहादुर मजाकोटी सोमबार डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।  

सुनसरी, बराहक्षेत्र नगरपालिका-४ पिडारी बस्ने ६५ वर्षीय गोबिन्द खड्का सोही ठाउँस्थित नालीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

प्युठान, माण्डवी गाउँपालिका-५ रम्दी आपचौरस्थित झिमरूक नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । 

पर्सा, धोबिनि गाउँपालिका-५ बर्वा चोकस्थित नहरको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह