2026-06-17 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विभिन्न स्थानमा ७ जना मृत फेला

साउन १५, काठमाडौँ । देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

महोत्तरी, बर्दिबास नगरपालिका-२ संजोग मार्गस्थित मकैबारीमा सोही नगरपालिका-२ बस्ने ५१ वर्षीय दिल बहादुर राना सोमबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी महोत्तरी, रामगोपालपुर नगरपालिका-४ बिचला चोक बस्ने गोविन्द महतोको छोरा अन्दाजी साढे २ वर्षीय सचिन महतो सोही ठाउँस्थित पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार फेला परेका छन् । 

सर्लाही, ईश्वरपुर नगरपालिका-७ पोखरीटोल बस्ने ५० वर्षीय किशोरी साह आफ्नै घर नजिक सोमबार मृत अवस्थामा फेला परेका छन् । 

लमजुङ, सुन्दरबजार नगरपालिका-१० कोईरालाफाँटस्थित पाउदी खोलामा सोही नगरपालिका-१० पाखुरे बस्ने २८ वर्षीय राम बहादुर मजाकोटी सोमबार डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।  

सुनसरी, बराहक्षेत्र नगरपालिका-४ पिडारी बस्ने ६५ वर्षीय गोबिन्द खड्का सोही ठाउँस्थित नालीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

प्युठान, माण्डवी गाउँपालिका-५ रम्दी आपचौरस्थित झिमरूक नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । 

पर्सा, धोबिनि गाउँपालिका-५ बर्वा चोकस्थित नहरको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ