‘ग्राउन्ड जेरो’ न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ‘ग्राउन्ड जेरो’ न"/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यतीको विमान दुर्घटनाः दुर्घटना अघिको पाइलट केसी र कोपाइलट खतिवडाको संवाद सार्वजनिक

२०८१, १५ श्रावण मंगलवार १०:३४

साउन १५, काठमाडौँ । २०७९ माघ १ गते यती एयरलाइन्सको जहाज दुर्घटना हुनुभन्दा ५ मिनेटअघिको ककपिट भ्वाइस रेकर्डस सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उक्त ककपिट भ्वाइस रेकर्ड अडिओ सोमबार ‘ग्राउन्ड जेरो’ नामक युट्युब च्यानलले सार्वजनिक गरेको हो ।

अडियोजमा जहाज दुर्घटना हुनुभन्दा ५ मिनेटअघिसम्मको पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाको संवाद छ । दुवैले पोखरामा अवतरण गर्नुभन्दाअघि सामान्य कुराकानी गरेका थिए । यहाँसम्म कि जहाज दुर्घटनापछिमात्रै दुवैलाई गडबडी थाहा भएको जस्तो सुनिन्छ ।

२०७९ माघ १ गते काठमाडौंबाट ४ जना चालक दलसहित ६८ जना यात्रु बोकर पोखरा उडेको यति एयरलाइन्सको एन-एएनसी एटीआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोजमा दुर्घटना भएको थियो । जहाजमा सवार ७२ जनाकै मृत्यु भएको थियो ।

यसअघि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठित जाँचबुझ आयोगले दुर्घटनाअघिको अवस्थाबारे प्रस्तुत गरेको विवरणमा त्रिभुवन विमानस्थलबाट भएको टेकअफ, आकाशको रुट र अवतरण प्रक्रिया सामान्य नै रहेको उल्लेख थियो ।

पोखरा विमानस्थलसँगको पहिलो सम्पर्कमा एटीसीले जहाजलाई लेखनाथतर्फ रहेको प्रवेश बिन्दु (रनवे ३०) बाट अवतरणका लागि निर्देश गरेका थिए । तर, पछि पाइलटले फेवातालतर्फबाट पस्ने पश्चिमी ‘रनवे १२’ बाट अवतरणका लागि अनुरोध गरेको र अनुमति पाएको उक्त प्रतिवेदनमा छ ।

उक्त अडियोअनुसार दुवैजना पाइलट र कोपाइलटलाई कुनै गडबडी भएको अन्तिम समयसम्म थहा नभएजस्तो सुनिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ