‘ग्राउन्ड जेरो’ न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ‘ग्राउन्ड जेरो’ न"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यतीको विमान दुर्घटनाः दुर्घटना अघिको पाइलट केसी र कोपाइलट खतिवडाको संवाद सार्वजनिक

१५ श्रावण २०८१, मंगलवार १०:३४

साउन १५, काठमाडौँ । २०७९ माघ १ गते यती एयरलाइन्सको जहाज दुर्घटना हुनुभन्दा ५ मिनेटअघिको ककपिट भ्वाइस रेकर्डस सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उक्त ककपिट भ्वाइस रेकर्ड अडिओ सोमबार ‘ग्राउन्ड जेरो’ नामक युट्युब च्यानलले सार्वजनिक गरेको हो ।

अडियोजमा जहाज दुर्घटना हुनुभन्दा ५ मिनेटअघिसम्मको पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाको संवाद छ । दुवैले पोखरामा अवतरण गर्नुभन्दाअघि सामान्य कुराकानी गरेका थिए । यहाँसम्म कि जहाज दुर्घटनापछिमात्रै दुवैलाई गडबडी थाहा भएको जस्तो सुनिन्छ ।

२०७९ माघ १ गते काठमाडौंबाट ४ जना चालक दलसहित ६८ जना यात्रु बोकर पोखरा उडेको यति एयरलाइन्सको एन-एएनसी एटीआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती खोजमा दुर्घटना भएको थियो । जहाजमा सवार ७२ जनाकै मृत्यु भएको थियो ।

यसअघि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठित जाँचबुझ आयोगले दुर्घटनाअघिको अवस्थाबारे प्रस्तुत गरेको विवरणमा त्रिभुवन विमानस्थलबाट भएको टेकअफ, आकाशको रुट र अवतरण प्रक्रिया सामान्य नै रहेको उल्लेख थियो ।

पोखरा विमानस्थलसँगको पहिलो सम्पर्कमा एटीसीले जहाजलाई लेखनाथतर्फ रहेको प्रवेश बिन्दु (रनवे ३०) बाट अवतरणका लागि निर्देश गरेका थिए । तर, पछि पाइलटले फेवातालतर्फबाट पस्ने पश्चिमी ‘रनवे १२’ बाट अवतरणका लागि अनुरोध गरेको र अनुमति पाएको उक्त प्रतिवेदनमा छ ।

उक्त अडियोअनुसार दुवैजना पाइलट र कोपाइलटलाई कुनै गडबडी भएको अन्तिम समयसम्म थहा नभएजस्तो सुनिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह