९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरहरामा नि:शुल्क पार्किङ बनाउने बालेनको निर्णय कार्यान्वयन नगर्न ओलीको निर्देशन

१५ श्रावण २०८१, मंगलवार १२:२१

साउन १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा क्षेत्रमा  भइरहेको पार्किङ हटाउन मातहतका सरकारी निकायलाई निर्देशन दिएका छन्। सिंहदरबारमा मंगलबार संघीय सरकारका मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिने क्रममा ओलीले धरहरामा महानगरले पार्किङ गर्न नपाउने बताएका हुन्। धरहरा क्षेत्रमा काठमाडौँ महानगरपालिकाले नि:शुल्क पार्किङको व्यवस्था गर्दै आएको छ।

काठमाडौँ महानगरले तत्कालको ट्राफिक व्यवस्थापन र पार्किङ व्यवस्थापन भन्दै धरहरामा पार्किङ गर्ने व्यवस्था मिलाएको छ। ओलीले धरहराको पार्किङ कुनै पालिका विशेषको हुन नसक्ने बताएका छन्। उनले भनेका छन्, ‘धरहराको पार्किङ कुनै पालिका विशेषको होइन। हुन सक्दैन। यसलाई सरकारको आम्दानीको स्रोत बनाउन सकिन्छ।’


उनले भनेका छन्, धरहरा बनिसकेको छ पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा आएको छैन। पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ। ‘मै बनाउँछु मेरो धरहरा’ अभियानमा नेपाली जनताले करोडौँ रकम पनि दिएका थिए। यसको पुनः निर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन्। कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु।

धरहरा उद्घाटन  जम्मा ४२ प्रतिशत काम सम्पन्न हुँदा २०७८ वैशाखमा ओलीले नै गरेका थिए। ओलीले उद्घाटन गरेकै तीन वर्ष भए पनि धरहरा सर्वसाधारणका लागि खुला हुन सकेको छैन।

तीन अर्ब ८ करोड रुपैयाँ लागत रहेको धरहरा निर्माणको काम भइरहेको छ। धरहरा जीआईईटीसी रमण जेभी कम्पनीले हाल छैटौँ पटक म्याद थपेर निर्माणको काम गरिरहेको छ। सुरुकै सम्झौताअनुसार ०७७ असोज १४मा सकिनुपर्ने भए पनि हालसम्म काम सकिएको छैन। पाचौँपटक म्याद थप्दा ०८० असोजसम्म सकिने भनिए पनि अहिले छैटौँपटक पनि म्याद थप भएको छ। यसपटक एक वर्षको म्याद थपिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प