२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरहरामा नि:शुल्क पार्किङ बनाउने बालेनको निर्णय कार्यान्वयन नगर्न ओलीको निर्देशन

२०८१, १५ श्रावण मंगलवार १२:२१

साउन १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा क्षेत्रमा  भइरहेको पार्किङ हटाउन मातहतका सरकारी निकायलाई निर्देशन दिएका छन्। सिंहदरबारमा मंगलबार संघीय सरकारका मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिने क्रममा ओलीले धरहरामा महानगरले पार्किङ गर्न नपाउने बताएका हुन्। धरहरा क्षेत्रमा काठमाडौँ महानगरपालिकाले नि:शुल्क पार्किङको व्यवस्था गर्दै आएको छ।

काठमाडौँ महानगरले तत्कालको ट्राफिक व्यवस्थापन र पार्किङ व्यवस्थापन भन्दै धरहरामा पार्किङ गर्ने व्यवस्था मिलाएको छ। ओलीले धरहराको पार्किङ कुनै पालिका विशेषको हुन नसक्ने बताएका छन्। उनले भनेका छन्, ‘धरहराको पार्किङ कुनै पालिका विशेषको होइन। हुन सक्दैन। यसलाई सरकारको आम्दानीको स्रोत बनाउन सकिन्छ।’


उनले भनेका छन्, धरहरा बनिसकेको छ पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा आएको छैन। पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ। ‘मै बनाउँछु मेरो धरहरा’ अभियानमा नेपाली जनताले करोडौँ रकम पनि दिएका थिए। यसको पुनः निर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन्। कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु।

धरहरा उद्घाटन  जम्मा ४२ प्रतिशत काम सम्पन्न हुँदा २०७८ वैशाखमा ओलीले नै गरेका थिए। ओलीले उद्घाटन गरेकै तीन वर्ष भए पनि धरहरा सर्वसाधारणका लागि खुला हुन सकेको छैन।

तीन अर्ब ८ करोड रुपैयाँ लागत रहेको धरहरा निर्माणको काम भइरहेको छ। धरहरा जीआईईटीसी रमण जेभी कम्पनीले हाल छैटौँ पटक म्याद थपेर निर्माणको काम गरिरहेको छ। सुरुकै सम्झौताअनुसार ०७७ असोज १४मा सकिनुपर्ने भए पनि हालसम्म काम सकिएको छैन। पाचौँपटक म्याद थप्दा ०८० असोजसम्म सकिने भनिए पनि अहिले छैटौँपटक पनि म्याद थप भएको छ। यसपटक एक वर्षको म्याद थपिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा