२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

केरला पहिरो अपडेट : ९३ जनाको मृत्यु

२०८१, १५ श्रावण मंगलवार १२:२८

साउन १५, काठमाडौँ । दक्षिण भारतको केरला राज्यमा भीषण वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

मंगलबार बिहानै केरलाको वायनाड जिल्लामा गएको पहिरोमा परी कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ ।

पहिरो गएकै स्थानमा ६५ जनाको शव फेला परेको छ । अन्य शव चलियार नदीले बगाएर छिमेक मालाप्पुरमा जिल्ला पुर्‍याएको थियो ।

पहिरोका कारण वायनाड जिल्लाको मुन्दक्कै, अटामाला, चोरलमाला र कुनहोम क्षेत्र प्रभावित भएका छन् ।


भारी वर्षा र पुलहरू भत्केको कारण उद्दार भइरहे पनि समस्या भइरहेको छ । सेना र प्रहरी गरी २०० जना उद्दार कार्यमा संलग्न भएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रदेश स्वास्थ्यमन्त्री विना गोरेजले केही समयपछि क्षतिको यकिन विवरण दिन सकिने प्रतिक्रिया दिएकी छन् । उनले १२५ जना घाइतेको उपचार भइरहेको र २५० जनाको उद्दार गरिएको बताएकी छन् ।

स्थानीयले फरकफरक स्थानमा कम्तीमा तीन ठूला पहिरो गएको बताएका छन् । अहिले पनि त्यहाँ लेदो, ढुङ्गामाटो बगिरहेको छ ।

भारी वर्षाका कारण केरलाका १० जिल्लाका विद्यालय तथा कलेज बन्द गरिएको छ ।

भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको छ ।

सन् २०१८ यतामात्रै केरलाको विभिन्न क्षेत्रमा गएको पहिरोले ४०० जनाको ज्यान गइसकेको छ । २०१९ मा अहिलेको भन्दा १० किलोमिटर पर गएको पहिरोले १७ जनाको ज्यान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा