१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल कमर्श कलेजका प्राध्यापक हत्या: विद्यार्थीलाई ‘मन पराउँछु’ भनेपछि हत्या

१६ श्रावण २०८१, बुधबार ११:०८

साउन १६, काठमाडौँ । काठमाडौँको मिनभवनस्थित नेपाल कमर्श क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रञ्जन खड्कालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । २०६४ असार २६ मा ललितपुर महानगरपालिका–२२ स्थित शंखमुलमा प्राध्यापकको हत्यामा संलग्न खड्का १७ वर्षपछि पक्राउ परेका हुन् ।

काठमाडौँ–३२ स्थित कोटेश्वर घर भएका खड्का करिब १७ वर्ष भारतमा लुकेर बसे । खड्का भारतको बैंगलोर र जल्पाइगुडी क्षेत्रमा लुकेर बस्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।


अपराध अनुसन्धान कार्यालयबाट खटिएको इन्स्पेक्टर नेतृत्वको टिमले उनलाई जल्पाइगुडीबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो । फुपुको छोरा धादिङ गंगाजमुना गाएँपालिका–७ घर भएका विनोद थापाको आग्रहमा उनी प्राध्यापकको हत्यामा संलग्न भएका थिए । रञ्जन विनोदको मामाका छोरा हुन् ।  

विनोदकी दिदी सबिता थापा अधिकारी भन्ने शोभिता थापा त्यतिबेला कमर्श क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् । प्राध्यापकले आफूलाई ‘मन पराउँछु’ भनेर पटकपटक फोन गर्ने गरेको कुरा शोभिताले भाईलाई सेयर गरिन् । विनोदले आफ्नो टिम भेला गरे । शोभिताले प्राध्यापकलाई भेट्न बोलाइन् ।

शोभितालाई भेट्न शंखमुल गएका प्राध्यापकलाई रञ्जन, विनोद र भक्तपुरका राजिब पाण्डेले रड र इट्टा प्रहार गरे । कुटपिटबाट प्राध्यापकको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए । शोभिता २०८० चैतमा पक्राउ परेर धरौटीमा छुटेकी छन् ।

विनोद थापा जेल सजाय काटेर २०७९ असोज ३ मा रिहा भएका छन् । लागु औषध मुद्दामा झापामा पक्राउ परेपछि प्रहरीले उनलाई काठमाडौँमा ल्याएर हत्या मुद्दामा बयान गराएको थियो । ललितपुर जिल्ला अदालतले उनलाई २०७१ पुस ३० मा जन्मकैदको फैसला गरेको थियो ।  

अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे पनि २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भइसकेका छन् ।

रञ्जनको मुद्दा चाहिँ ललितपुर जिल्ला अदालतमा मुल्तवीमा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए । 

रन्जन लामो समयदेखि भारतमा लुकेर बस्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह