१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यस्तो छ पल शाहको ‘रावायण’ अवतार

१६ श्रावण २०८१, बुधबार १२:१६

साउन १६, महोत्तरी । भदौ २१ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘रावायण’ले फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा पल शाहलाई फिचर्ड गरिएको छ । शुक्रबार टिजर सार्वजनिक हुनुअघि निर्माताले क्यारेक्टर पोस्टर बाहिर ल्याएका हुन् ।

पोस्टरमा शाहलाई दाह्री र क्रोधित अवतारमा पेश गरिएको छ । सुदर्शन थापा निर्देशित यो फिल्ममा पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चाण्डक, प्रकाश शाह लगायतको अभिनय छ ।


यो फिल्मलाई सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको निर्मात्रीमा अभिनेत्री समेत रहेकी पूजा शर्मा छिन् । फिल्ममा सुसन पाठक कार्यकारी निर्माताको रुपमा छन् ।

शिवम् अधिकारीको कथा रहेको फिल्ममा प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, नीरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, विक्रम स्वाँर र रामजी लामिछानेको नृत्य, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर र विजय बस्यालको पोस्टर डिजाइन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह