2026-06-17 01:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रेमिकालाई विदेश जानबाट रोक्नका लागि नाबालिकाको अपहरण

साउन १७, काठमाडौँ । प्रेमिका विदेश जाने भएपछि एक अधबैंसे पुरुषले बालिका अपहरण गरेको खुलेको छ । सुनसरी दुहवी नगरपालिका–६ का ५० वर्षे सञ्जय पासवानले एक युवतीसँगको प्रेम सम्बन्धमा खटपट आएपछि प्रेमिकाकी बहिनीकी ६ वर्षीया छोरीलाई अपहरण गरेका हुन् । 

बालिका अपहरण गरेको आरोपमा प्रहरीले सञ्जयसहित उनका दुई जना सहयोगीलाई पक्राउ गरेको छ  । अपहरण आरोपमा प्रहरीले सञ्जयसहित कलानन्द पासवान र सरिता पासवानलाई पक्राउ गरेको सुनसरी प्रहरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । प्रहरीले उनीहरूलाई विराटनगर–१० स्थित मानव सेवा आश्रम अगाडिबाट पक्राउ गरेको हो । 


पक्राउ परेकामध्ये सञ्जय मुख्य अभियुक्त रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक भण्डारीले बताए । अपहरणमा परेकी बालिका र सञ्जय आफन्त पर्दछन् । दुहवी नगरपालिका–१० डुम्राहाबाट मंगलबार दिउँसो ३ बजे आफ्नै मामाघरको आँगनमा खेलिरहेको अवस्थामा सञ्जयले बालिकालाई अपहरण गरेको प्रहरीले जनाएको छ । 

घरबाट अपहरण गरेर सञ्जयले बालिकालाई विराटनगर–१० मानव सेवा आश्रम अगाडि डेरामा लगेर राखेका थिए । प्रहरीले सोही डेराबाट बन्धक बनाएर राखिएको अवस्थामा बालिकालाई उद्धार गरेको डीएसपी भण्डारीले बताए । 

‘बालिकालाई अपहरण गरेर कतै राखियो भने उनकी ठूलीआमा आफैं सम्पर्कमा आउने अनुमानगरी सञ्जयले अपहरण गरेको देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘सञ्जय पासवानले पीडितलाई अपहरणगरी लगेपछि ती नाबालिकाको मामालाई फोन गरेर तेरो भान्जी मेरो कब्जामा छ । तेरो दिदीलाई घर बोला अनि मात्र म बच्चालाई लिएर आउँछु, होइन भने अरुलाई दिन्छु  भन्दै फोन गरेको देखिएको छ ।’ त्यसपछि पीडितले इलाका प्रहरी कार्यालय दुहवीमा उजुरी दिएका थिए । बन्धक बनाएको बालिकालाई उद्धार गरेर परिवारलाई जिम्मा लगाएको छ । 

 प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नाबालिकाकी ठूलीआमा र सञ्जयबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। उनीहरूबीच खटपट भएपछि ती युवती सञ्जयसँग सम्पर्कविहीन भएर विदेश जाने भन्दै काठमाडौं गएकी थिइन् ।‘नाबालिकाकी ठूलीआमा वैदेशिक रोजगारीका लागि जानलाई काठमाडौंमा गएकी थिइन्,’ प्रहरी स्रोतले भन्यो, ‘उनलाई विदेश जानबाट रोक्नका लागि ‘बार्गेनिङ’ गर्न सञ्जयले नाबालिकालाई लिएर गएको पाइएको छ।’

पक्राउ परेका सञ्जय विवाहित हुन् भने उनले प्रेम गरेकी युवती अविवाहित छन् । ती युवती २५/२६ वर्षको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सञ्जय टायल/मार्बल लगाउने ठेक्काको काम गर्थे । ती युवती उनकै ठेक्कामा मजदुरको काम गर्थिन् । त्यही उनीहरूबीच प्रेम सम्बन्ध शुरू प्रहरी अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेका तीन जनालाई इलाका प्रहरी कार्यालय दुहवीले अपहरण तथा शरीर बन्धक मुद्दामा सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ