2026-06-17 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चर्चित सङ्गीतकार गुरुदेव कामतको निधन

साउन १७, काठमाडौँ । शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको निधन भएको छ ।

सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय कामतको आफ्नै निवासमा आज बिहान निधन भएको हो । उनी मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त विमारी रहेका थिए।


दुबै मिर्गौला काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला परेका कामतको डायलिस उपचार लहानस्थित रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो । आज बिहान डायलिससका लागि लहान ल्याउन तयार भएको अवस्थामा उनले अन्तिम श्वास लिएको परिवारजनले जनाएको छ ।

दस वर्षको उमेरमै गाउँघरमा मनोरञ्जनका लागि गरिने नाटक स्टेज कार्यक्रमबाट चम्किएका गुरुदेव कामतले भारतको इलाहावाद र पश्चिम मङगालबाट शास्त्रीय संगीत सिकेका थिए । २०६१ सालदेखि काठमाडौंमा गुरुकल संगीत पाठशाला खोलेर सयौलाई संगीत सिकाएका कामतलाई ६ महिना पहिले दुबै मिर्गौला काम गर्न छाडेपछि काठमाडौंमा उपचार गराएर डायलोसिस नियमित गराउन चिकित्सकहरुले दिएको सल्लाह अनुसार लहानमा डाइलोसिल गराउँदै आइरहेका थिए ।

उनका तीन छोरा एक छोरी रहेका छन् । उनको आजै दिउँसो २ बजे पोखरभिण्डामा अन्तिम दाह संस्कार गरिने परिवारजनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ