१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चितवनमा मानसिक रोगी महिला बलात्कार गरेको आरोपमा ३ विद्यार्थी पक्राउ

१८ श्रावण २०८१, शुक्रबार ०७:२३

साउन १८, काठमाडौँ । चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।

पक्राउ परेका तीनैजना विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। साउन १६ गते बुधबार राति माडी नगरपालिका-७ किर्तनपुरनजिकै २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

२७ वर्षकी ती महिला मानसिक समस्यामा थिइन्। मानसिक रोगको नियमित औषधि खाइरहेकी उनलाई बुधबार राति १० बजेतिर १०/१५ जना युवकको समूहले जिक्याउने, तान्ने गरिरहेको एक प्रत्यक्षदर्शीले बताएको माडी नगरपालिका वडा नम्बर ७ की वडाध्यक्ष चन्द्रा कुमारी बानियाँले जानकारी दिइन्। 


उनको अनुसार सो स्थानको सीसीटीभी फुटेज हेर्दा ती महिलालाई युवकहरूले तानेजस्तो गर्ने, गफ गरेजस्तो गर्ने देखिएको प्रहरीले जनाएको छ।  सीसीटीभी फुटेजमा धेरै जना युवाको समूह देखिए पनि बलात्कार आरोपमा तीनजनालाई मात्र पक्राउ गरिएको वडाध्यक्ष बानियाँले बताइन्। 

वडाध्यक्ष बानियाँका अनुसार आरोपितमध्ये एक युवक सोही महिलाको घरनजिकै कोठा भाडामा लिएर बस्थे। रातको ८ बजेतिर कोठामा आएका उनलाई घरबेटीले च्यानल गेट खोलिदिएकी थिइन्। ती युवक तल्लो तलाको कोठामा बस्थे। गेट लगाएर भित्र बस्लान् भन्ने लागेपछि घरबेटी आफूहरू बस्ने माथिल्लो तलामा गइन्।

तर ती युवकले त्यसपछि आफ्ना साथीहरूसहित ती महिलालाई कोठामा ल्याएर सामूहिक बलात्कार गरेको आरोप लागेको हो। विवाहित ती महिलाको ८ वर्षका छोरा छन्। श्रीमान्‌सहित माइतीघरमा बस्ने गरेकी उनका पतिसमेत सुस्त मनस्थितीका रहेको बताइएको छ।

आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध मुद्दा दर्ता भएर म्याद थप भई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता, डीएसपी भेषराज रिजालले जानकारी दिए।

पक्राउ परेका विद्यार्थीहरू माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत थिए। चितवनबाहिरका जिल्लाबाट पढ्न माडी आएर बसेका उनीहरूको उमेर १७, १८ र २१ वर्ष उमेरका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह