१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वाईफाईको पासवर्ड शेयर गर्न नमान्दा श्रीमानले गरे श्रीमतीकाे हत्या

१८ श्रावण २०८१, शुक्रबार ०९:३९

साउन १८, काठमाडौँ । छिमेकी देश भारतको हरियाणाको रोहतकमा वाईफाई शेयर गर्न नमान्दा श्रीमानले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।

सूचना पाएर प्रहरीले आरोपित श्रीमानलाई पक्राउ गरेको छ। सोही क्रममा उनलाई अदालतमा हाजिर गरेपछि जेल चलान गरिएको थियो।

भारतीय मिडिया रिपोर्टअनुसार, घटनाबारे जानकारी दिँदै बहू अकबरपुर थानाका एसआई जय भगवानले रोहतकको मदिना गाउँमा पतिद्वारा श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको बताए। अनुसन्धानमा आरोपित श्रीमानले रिसाएर घटना गरेको पाइएको उनले जानकारी दिए।

अजय कुमार साउन ३० गते घरमै मोबाइल चलाउँदै थिए। यसै क्रममा उनको मोबाइलको इन्टरनेट गयो, त्यसपछि उनले श्रीमती रेखालाई मोबाइल हटस्पट अन गर्न भने। तर, यही क्रममा उनकी श्रीमती जनावरको गोबर उठाउँदै थिइन्। त्यसैले आफू व्यस्त रहेको र केही समयपछि गोबर हटाएर हटस्पट खोल्ने बताइन्।

श्रीमतीको यस्तो जवाफ सुनेर श्रीमान् अजय रिसाए र श्रीमती रेखामाथि धारिलो हतियार प्रहार गरेका थिए।

आक्रमणबाट श्रीमती गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको थियो। अनुसन्धान सुरु गर्दा रेखाको धारिलो हतियार प्रहार गरी हत्या भएको खुलेको थियो। त्यसपछि प्रहरीले छापा मारेर फरार रहेका आरोपी श्रीमानलाई मदिना गाउँबाटै पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह