१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घाँस काट्न गएको बेला पछाडीबाट बाघले झम्टियो, दुई वर्षे दुधे बालकको विचल्ली

१८ श्रावण २०८१, शुक्रबार १०:१४

साउन १८, काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाह बिहीबार बिहान घर नजिकैको खेतमा घाँस काट्न गएको बेला पछाडीबाट बाघले झम्टियो । केही बोल्न नपाउदै बाघले घसारेर ५० मिटर भित्र उखुबारीमा लग्यो ।  बाघले हिराको कपाल लुछेर क्षतबिक्षत बनाएको थियो । कलिलो उमेरै परिवारको सदस्य हीरा गुमाएपछि परिवार अहिले विक्षिप्त छ। दुई वर्षे दुधे बालक आमा खोजेर रोइरहेका छन्। परिवार उनलाई आमाको दुःखान्त बताउने अवस्थामा छैन।

जेठानी मीनाले अबोध बालकलाई कहिले केही, कहिले केही भनेर भुलाउने प्रयास गरिरहेकी छन्।  हीराले तीन वर्षअघि दोधारा चाँदनीका गोविन्दसँग बिहे गरेकी थिइन्। गोविन्द अहिले मजदुरी गर्न भारतको हिमाचलमा छन्। पत्नीको दुखान्त सुनेपछि उनी घर फर्किँदै छन्। बाघको आक्रमणबाट मान्छे मृत्युको घटनाले दोधारा चाँदनी शोकमा मात्रै डुबेको छैन, त्रासमा पनि छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले आज (शुक्रवार) बिहान दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीबाट बाघलाई नियन्त्रणमा लिएको छ। 

शुक्रबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिन सफल भएको छ ।   “बाघ नियन्त्रणमा लिइसकेका छौं विभागको पत्र आएको छ त्यस अनुसार बाघलाई बर्दिया पठाउने तयारी गरिरहेका छौ ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने –“बिहिबार बाघ नियन्त्रणमा आउन नसकेपछि बिहिबार रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले पहरा दिएका हुन ।” उनले शुक्रबार बिहान मात्रै बाघ नियन्त्रणमा आउन सकेको बताए । 

बाघलाई नियन्त्रणमा लिनका लागि बिहीबार ४ वटा हात्ती र प्राविधिक टोली परिचालन भएको थियो । शुक्रबार थप १ हात्ती प्रयोग गरेर ५ हात्तीसँगै प्राविधिक परिचालन गरेपछि बाघ नियन्त्रणमा आएको हो । उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह