पहिरोले घर पुरिदा हजुरआमा र नातिनीको मृत्यु

Posted on: 03 Aug, 2024

साउन १९, रोल्पा । रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ ।

पहिरोले हजुरआमा र नातिनीको निधन भएको छ । शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो । घरमा हजुरआमा र नातिनी रहेका थिए। पहिरोमा पुरिएकी ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी बेपत्ता रहेकी छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!