2026-06-16 11:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफ्ना दुई खम्बा पदमुक्त भएपछि सरकारविरुद्ध मोर्चाबन्दी कस्दै कुलमान, बोलाए संचालक समितिको बैठक

साउन २०, काठमाडौँ |  उर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका सदस्यहरु भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाएको छ । पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महशुल बक्यौताको विषयमा प्रवन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिएका थिए ।

प्रधानमन्त्रीको मौखिक तथा विद्युत् नियमन आयोगले विवाद कायम रहेको बखत विद्युत् काट्नु कानुन विपरीत हुने भएकाले लाइन जोड्न दिएको लिखित निर्देशन विपरीत नोट अफ डिसेन्ट लेखी नेपाल सरकारको निर्देशन पालना गर्न असहयोग गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो ।


उनीहरुलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट जिम्मेवारीबाट हटाईएको हो । सरकारले कुलमानलाई नै जिम्मेवारीबाट हटाउनेगरि तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै कुलमानलाई जिम्मेवारीबाट हटाउनेगरि मन्त्री दीपक खड्कालाई निर्देशन दिएको बुझिएको छ ।

विद्युतको बक्यौता उठाउने विषयमा सरकार र प्राधिकरणबीच विवाद चर्किएको छ । यो विषय संसद्को सार्वजनिक लेखा समितिमा समेत प्रवेश गरेको छ । पछिल्लो समय समितिका सभापति ऋषिकेश पोखरेलले विद्युतको बक्यौता तिर्न बाँकी रहेका व्यापारीसँग भेटेको कुरापनि बाहिर आएको छ । समितिमार्फत कुलमानलाई कारबाही सिफारिश गर्नेगरि कांग्रेस र एमालेले तयारी गरेको चर्चा चल्न थालेको छ ।

सरकारले पदमुक्त गरेका पुन नेकपा माअ‍ोवादी र आचार्य एकीकृत समाजवादीको कोटाबाट सञ्चालक समितिको सदस्यमा नियुक्त भएका थिए । आचार्य र पुन प्राधिकरणमा कुलमानका दुई खम्बा मानिन्छन् । आफ्ना दुई खम्बालाई बिना कारण सराकारले पदमुक्त गरेको भन्दै उनी असन्तुष्ट बनेका छन् । असन्तुष्ट बनेका घिसिङले पदमुक्त बनेका दुई सदस्यलाईसमेत डाकेर आज प्राधिकरणको बैठक बोलाएका छन् ।

दिउँसो ३ बजेका लागि घिसिङले बैठक राखेका हुन् । आजको बैठकमा उनले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्राधिकरणमा घिसिङसहित अधिकांश सञ्चालक समितिका सदस्यहरु सरकार निकट भन्दा बाहिरका रहेका छन् । सरकार निकट भन्दा बाहिरको हुँदा मोर्चाबन्दीका लागि सजिलो हुने विश्वासमा कुलमान रहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ