१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा भारतीय युवकको मृत्यु, हत्या आशंकामा एक पक्राउ

२१ श्रावण २०८१, सोमबार ०८:०१

साउन २१, काठमाडौँ ।  सिरहाको गोलबजारमा भारतीय युवकको शव आज विहान फेला परेको छ। गोलबजार नगरपालिका १ वहिरीवाँध नजीकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत विहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२ वर्षिय बवुल कुमार खानको शव फेला परेको हो। 

उनी भारत विहार जिल्ला समस्तिपुर रहमदपुर पञ्चायत ९ चकनौरका पवन राय यादवका छोरा ३५ वर्षिय विजय यादवसँगै उनी धनगढीमाई नगरपालिका ८ इँटारी टोलमा पाहुना आएका थिए। पाहुना आएका उनीहरु मदिरा पीयर बेलुका झगडा भएको स्थानीयको भनाई रहेको छ। 

झगडाकै क्रममा खानलाई गम्भिर चोट लागेका थिए। चोट लागेर वेहोस खानलाई उपचारको लागि लगेको स्थानीयको भनाई छ। चोटकै कारण उनको मृत्यु भएको हुन सक्ने स्थानीयको भनाई छ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सुनिल कार्कीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्ट मार्टमकोलागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रदेशीक अस्पताल पठाएको जानकारी दिए। 

उनले घटनाको अनुसन्धान भईरहेकोले तत्काल केही बताउन नसकिने बताउँदै पोष्टमार्टम पछि मात्र केही भन्न सकिने बताए। घटनामा संलग्न रहेको प्रहरीले विजय यादवलाई नियन्त्रणमा लिएको छ। तर, प्रहरीले यस विषयमा केही बताउन चाहेनन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह